मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

‘दलितको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गरिने’

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले दलित समुदायको संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा दलित महिला सङ्घ (फेडो) ले आज यहाँ आयोजना गरेको ‘दलित महिला र बालिकामाथि हुने हिंसा र यसले पारेको असर’ विषयक अन्तक्र्रियामा उहाँले संविधानको धारा २४ र ४० मा उल्लेखित दलित समुदायको अधिकारलाई जतिसक्दो चाँडो कानुन बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “दलित समुदायको बारेमा केही नि भएको छैन भन्ने होइन, २०७२ साल अघि थिएन होला, तर नयाँ संविधानले दलित समुदायको लागि धैरै दिएको छ, त्यसलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने छ ।” लामो सङ्घर्षबाट प्राप्त समानुपातिक व्यवस्थालाई दलितलगायत सीमान्तकृत समुदायले जोगाउनेतर्फ पहल गर्नुपर्ने मन्त्री सुडीको भनाइ छ । 

प्रतिनिधिसभाका सांसद अनिसा नेपालीले दलित समुदायबारे एकीकृत कानुन निर्माणको निम्ति सक्दो पहल गरिरहेको जानकारी दिनुभयो । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दलित समुदायभित्र पनि दलित महिला सबैभन्दा बढी विभेदमा परेकाले उनीहरूका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक समस्या सम्बोधन नभएसम्म सामाजिक न्यायमा आधारित समाज निर्माण सम्भव नहुने बताउनुभयो । 

फेडोका संस्थापक अध्यक्ष तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष दुर्गा सोवले राज्यका नीति निर्माण तहमा दलित महिलाको समान सहभागिताका निम्ति कानुनी व्यवस्था गर्न माग गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार