मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

देशलाई अपठ्यारो पर्दा जोगाउने पार्टी माओवादी हो - प्रचण्ड

महमूद आलम खान 1133+ समाचार ( )
उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताउनु भयो ।
२७ फाल्गुन २०७८, शुक्रबार

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताउनु भयो ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरी पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्ने विरुद्ध माओवादी सचेत भएको बताउनु भयो ।

उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताउनु भयो । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उहाँको भनाइ थियो ।

उहाँले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गर्नुभयो । ‘कर्णाली भनेको माओवादीको आधार इलाका हो’, उहाँले भन्नुभयो, ‘तपाईहरु आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् ।’

उहाँले एमसिसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताउनु भयो । एमसिसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हामीले अन्ततः केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निष्कर्ष निकाल्ने भनेर केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेपछि एमसिसीसम्बन्धी सम्पूर्ण विषयको समाधान भएको छ ।’

अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्मा जाने र सकेसम्म अझै परसम्म लैजाने योजनासमेत रहेको उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको जिकिर गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार