मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

बाँकेका प्रजिअ रिजालले बुबाको स्मृतिमा निल सागरश्रममा पुगेर बृद्धबृद्धालाई खाना खुवाए

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले स्वर्गीय बुबाको स्मृतिमा तथा बुबाको मुख हेर्ने पावन दिनको अवसरमा बुबाको मोक्ष्य प्राप्ति होस भनी खुल्ला आकाशमूनी सडक पेटीमा भोक भोकै रात बस्न बाध्य भएका शयौं अशक्त तथा असहाय भएका गरीब दुःखीहरुको आश्रय स्थल नील सागर सेवाश्रममा बृद्धबृद्धा आमा बुबालाई एक छाक खाना खुवाउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले बुवा स्वर्गिय ज्वाला प्रसाद उपाध्यायको स्मृतिमा निलसागर सेवाश्रममा पुगेर  आश्रितहरुलाई खाना खुवाउनु भएको निलसागरले जनाएको छ ।

बाल्यवस्था देखी नै परोपकारी कार्यमा अग्रसर रहदै आउनु भएका प्रजिअ रिजाल मिलनसार साथै अरुको दुःख पीडा देख्न नसक्ने परोपकारी भावनाले ओतप्रोत समाजमा रहेका दिनदुःखीहरुको दुःखमा आफूले सकेको साथ सहयोग गर्न सँधै तत्पर रहदै आउनु भएको छ । 

बुवाको सम्झनामा एक छाकको खाना र खाद्यान्न सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबै जनाले आफ्नो शुभ कार्य,पितृ कार्य तथा अन्य कार्यमा आश्रममा सहयोग गर्नुपर्ने प्रजिअ रिजालको भनाई थियो । उहाँले अनावश्यक फजुल खर्च गर्नु भन्दा मानव सेवाका लागि खर्च गर्दा आत्मा सन्तुष्टिका साथै अरुको जिवन बचाउन सहयोग पुग्ने भएकाले स्वर्गीय बुवाको स्मृति तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर आश्रमहरुमा भोजन दान गरेको जिकिर गर्नु भयो ।

आश्रममा रहेका बृद्धबृद्धा र बालबालिकाहरुलाई एक छाक खाना खुवाएर उदहरणीय काम गरेको भन्दै निलसागरले प्रजिअ रिजाललाई स्व.बुवाको फोटो राखेर प्रमाण पत्र प्रदान गरेको थियो । कार्यक्रममा नेपालगंजमा मेयर प्रशान्त विष्ट, आश्रमका संचालक सरिता खनाल, अमन निलसागर लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार