मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

बाँकेका प्रजिअ रिजालले बुबाको स्मृतिमा निल सागरश्रममा पुगेर बृद्धबृद्धालाई खाना खुवाए

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
२० भाद्र २०८१, सोमबार

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले स्वर्गीय बुबाको स्मृतिमा तथा बुबाको मुख हेर्ने पावन दिनको अवसरमा बुबाको मोक्ष्य प्राप्ति होस भनी खुल्ला आकाशमूनी सडक पेटीमा भोक भोकै रात बस्न बाध्य भएका शयौं अशक्त तथा असहाय भएका गरीब दुःखीहरुको आश्रय स्थल नील सागर सेवाश्रममा बृद्धबृद्धा आमा बुबालाई एक छाक खाना खुवाउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले बुवा स्वर्गिय ज्वाला प्रसाद उपाध्यायको स्मृतिमा निलसागर सेवाश्रममा पुगेर  आश्रितहरुलाई खाना खुवाउनु भएको निलसागरले जनाएको छ ।

बाल्यवस्था देखी नै परोपकारी कार्यमा अग्रसर रहदै आउनु भएका प्रजिअ रिजाल मिलनसार साथै अरुको दुःख पीडा देख्न नसक्ने परोपकारी भावनाले ओतप्रोत समाजमा रहेका दिनदुःखीहरुको दुःखमा आफूले सकेको साथ सहयोग गर्न सँधै तत्पर रहदै आउनु भएको छ । 

बुवाको सम्झनामा एक छाकको खाना र खाद्यान्न सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबै जनाले आफ्नो शुभ कार्य,पितृ कार्य तथा अन्य कार्यमा आश्रममा सहयोग गर्नुपर्ने प्रजिअ रिजालको भनाई थियो । उहाँले अनावश्यक फजुल खर्च गर्नु भन्दा मानव सेवाका लागि खर्च गर्दा आत्मा सन्तुष्टिका साथै अरुको जिवन बचाउन सहयोग पुग्ने भएकाले स्वर्गीय बुवाको स्मृति तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर आश्रमहरुमा भोजन दान गरेको जिकिर गर्नु भयो ।

आश्रममा रहेका बृद्धबृद्धा र बालबालिकाहरुलाई एक छाक खाना खुवाएर उदहरणीय काम गरेको भन्दै निलसागरले प्रजिअ रिजाललाई स्व.बुवाको फोटो राखेर प्रमाण पत्र प्रदान गरेको थियो । कार्यक्रममा नेपालगंजमा मेयर प्रशान्त विष्ट, आश्रमका संचालक सरिता खनाल, अमन निलसागर लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार