मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

स्वास्थ्यकर्मीको समर्पणः बाटोमै सुत्केरी सेवा, आमा र शिशुको जीवन जोगाइन् बिनिता विष्ट

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

बाजुरा । अदम्य सेवा भावना र व्यावसायिक दायित्वको उदाहरण प्रस्तुत गर्दै बाजुराको बुढीगङ्गा नगरपालिका–७ स्थित झाली बर्थिङ सेन्टरकी स्वास्थ्यकर्मी बिनिता विष्टले बाटोमै सुत्केरी सेवा दिँदै आमा र शिशुको ज्यान बचाएकी छन्।

शुक्रबार बिहान बुढीगङ्गा–७ सिमलकोटकी अन्दाजी २५ वर्षीया सिर्जना केसीलाई अचानक प्रसव पीडा सुरु भएपछि स्वास्थ्यकर्मी विष्टले तत्कालै घटना स्थलमै पुगेर सहयोग गरेकी थिइन्। बर्थिङ सेन्टर पुग्न नसक्ने अवस्था भएपछि उनले बीच बाटोमै सुरक्षित रूपमा बच्चा जन्माउन सहयोग गरेकी हुन्।

सकुशल जन्मिएको शिशुको तौल तीन केजी रहेको र आमा–बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्यकर्मी विष्टले जानकारी दिइन्। सिर्जना केसीका श्रीमान् राजेश केसीले विष्टको समयमै उपस्थिती र निःस्वार्थ सेवाको प्रशंसा गर्दै “उहाँको कारण आज मेरी श्रीमती र बच्चा सुरक्षित छन्,” भने।

स्थानीयवासीहरूले विष्टको यो कार्यलाई “मानवता र सेवाको प्रतिमूर्तरूप” भन्दै प्रशंसा गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार