मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |

सामुदायिक बनमा २ हजार बिरुवा रोपियो, रोपिएको विरुवाको जगेर्ना गर्न सुझाव

यूथ टुडे समाचारदाता 3501+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

बाँके । बाँकेको नेपालगन्ज वडा नं २३ स्थित हजरत सामुदायिक बनमा क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा बृक्षारोपण गरिएको छ । 

बृक्षारोपण गर्नुको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्वबारे बुझाउनु रहेको 8 billion trees का planting director हेमन्त राज काफ्लेले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री मोहम्मद ईस्तियाक राईले बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो,"प्रत्येक बिरुवा एक जीवन हो यसले वातावरण मात्र होइन, हाम्रो भविष्य संरक्षित गर्छ" उहाँले आफु मन्त्री भएको बेला समेत बिरुवा लगाउने अभियान चलाएको स्मरण गर्दै भन्नुभयो, हरियो वन नेपालको धन” नारालाई आत्मसात गर्दै थोरै बिरुवा रोपौं तर रोपिएको विरुवाको जगेर्ना गर्न सुझाव दिनु भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले सामुदायिक वनका साथै आसपासको सार्वजनिक भूभागको संरक्षण, हरियाली र सौन्दर्यतालाई बढाउने बताउदै जति बिरुवा रोपेका छौँ ती सबै विरुवालाई हुर्काउन सामुहिक रूपमा सबैले हालेमालो गर्नुपर्ने जिकिर गर्नुभयो ।

क्लिन अप नेपाल (स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक तथा कार्यक्रमका सभापति रविन्द्र लामिछाने, लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका उपकुलपति डा. बिनोद ढकाल, स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको शाखा प्रमुख हर्मेस सोनी, प्याब्सन बाँकेका अध्यक्ष बिकास बज्राचार्य, नेपालगन्ज मोडेल एकेडेमीका प्रीन्सिपल बिज्ञान शाह, युनाइटेड बिधालयका प्रधानाध्यापक जिबराज भन्डारी, तथा बिधालयका बिद्यार्थीहरु, वडा नं २३ का वडा अध्यक्ष अब्दुल जब्बार, नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ , लाईन्स डिस्ट्रीक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, लाईन्स सेक्रेटरी नरेन्द्र श्रेष्ठ सहित २०० जना भन्दा बढीको सहभागिता रहेको थियो।

वृक्षारोपणको क्रममा स्थानीय रुखहरु महुवा, बररो, अमला , शिरीष , लिची , अम्बा सहित २ हजार बढी बिरुवाहरु रोपिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार