मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाॅके युनेस्कोद्वारा बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

बाँके । बाँके युनेस्को क्लबले विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण (शिविर) सम्मान गरेको छ। 

क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा संचालित अपाङ्गता समावेशी परियोजनाअन्तर्गत सो शिविर गुलरिया नगरपालिका र नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुरको सहकार्यमा सम्पन्न गरेको हो ।

उक्त शिविरमा सहभागी बालबालिकालाई पहिले नै विद्यालयमा वाशिंगटन समूहको प्रश्नावलीको आधारमा मुल्याङ्कन गरिएको थियो। 

शिविरको उद्घाटन गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले गर्नुभयो। उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत, इकाइ प्रमुखहरू, नगर कार्यपालिकाका सदस्यहरू, र वडा अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो।

शिविरमा बाँके युनेस्को क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पंचम गुरुङ, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, र कार्यक्रम संयोजक महेश नेपाली लगायत चिकित्सकहरुको समेत उपस्थिति रहेको थियो।

बालबालिकाको आँखा, हड्डी, कान, नाक, घाँटीका विशेषज्ञहरू तथा नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुर-बाँकेका फिजियोथेरापिस्टहरूले शिविरमा परीक्षण गर्नुभएको थियो। 

 गुलरिया नगरपालिकाको परिचयपत्र वितरण समितिका सदस्य डा. बिजय उपाध्यायले बालबालिकालाई परिचयपत्र वितरण गर्नु भएको थियो।

शिविरको नतिजा स्वरूप, १० जना बालबालिकालाई अपाङ्गता परिचयपत्र प्रदान, १८ जना बालबालिकालाई चस्मा वितरण र २ जना बालबालिकालाई श्रवण सहयोग यन्त्र प्रदान गरिएको थियो । 

यसैगरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर बर्दिया जिल्लाको बढईया, बांसगड़ी र राजापुर नगरपालिकामा समेत संचालन गरीने बाॅके युनेस्को क्लबले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार