मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

गाजा र लेबनानमा युद्धविराम गर्न साउदी युवराजको माग

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

रियाद । साउदी अरबका युवराज माहम्मद विन सलमानले गाजा र लेबनानमा तत्काल युद्धविराम गर्न रियाद सम्मेलन आह्वान गर्नुभएको छ। 

इजरायल–हमास युद्ध र क्षेत्रीय तनावको एक वर्षभन्दा बढी समयपछि अरब तथा इस्लामिक राष्ट्रहरूका नेताहरू रियादमा शिखर सम्मेलनका लागि भेला भएका हुन् । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि सम्मेलनको शुभकामनाका लागि सन्देश पठाउन सक्ने अनुमानहरू गरिएको छ। यद्यपि, यसबारे ट्रम्प निकटस्थ स्रोतबाट कुनै भनाई सावैजनिक भएको छैन । 

शिखर सम्मेलनको उद्घाटन गर्दै राजकुमार बिन सलमानले अन्तर्राष्ट्रिय समुदायले प्यालेस्टाइन र लेबनानमा आफ्ना दाजुभाइविरुद्ध इजरायली कारबाही तत्काल रोक्नुपर्ने बताउँदै गाजामा इजरायलको अभियानलाई ‘नरसंहार’ को संज्ञा दिनुभयो । 

“प्यालेस्टाइन र लेबनानका दाजुभाइलाई जारी इजरायली आक्रमणको विनाशकारी मानवीय परिणामबाट मुक्त गर्न साउदी अरबले आफ्नो प्रतिबद्धता पुष्टि गर्छ,” उहाँले भन्नुभयो । 

शिखर सम्मेलनको मस्यौदा प्रस्तावमा प्यालेस्टिनी जनताका लागि ‘राष्ट्रिय अधिकार’ को लागि ‘दृढ समर्थन’ मा जोड दिइएको छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण विषय ‘उनीहरूको स्वतन्त्रताको अधिकार र एक स्वतन्त्र, सार्वभौम राज्यको अधिकार’ हो भनिएको छ। 

इजरायलका नवनियुक्त विदेशमन्त्री गिदोन सारले प्यालेस्टाइनी राज्य स्थापना गर्नु ‘यथार्थपरक’ नभएको भन्दै त्यसलाई ‘हमास राज्य’ को संज्ञा दिनुभएको केही घण्टापछि साउदी राजकुमारको भनाई प्यालेष्टिनी पक्षमा आएको हो । 

सारले जेरूशेलममा एक कार्यक्रममा एक प्रश्नको जवाफमा भन्नुभयो, “यो स्थिति अब यथार्थवादी छ भन्ने मलाई लाग्दैन । हामी यथार्थवादी हुनुपर्छ।”

साउदी विदेश मन्त्रालयले अक्टोबरको अन्त्यमा रियादमा भएको एक बैठकमा प्यालेस्टिनी राज्यको स्थापनाको लागि दबाब दिन एक नयाँ ‘अन्तर्राष्ट्रिय गठबन्धन’ को बैठकको क्रममा शिखर सम्मेलनको योजनाको घोषणा गरेको थियो।

कायरोस्थित अरब लिग र जेद्दाहस्थित इस्लामिक सहयोग सङ्गठनको रियादमा भएको जस्तै भेलामा गाजामा इजरायली सेनाको गतिविधिलाई ‘बर्बर’ भन्दै नेताहरूले निन्दा गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार