मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

कार्यपालिका सदस्य श्रीवास्तवको निधनप्रति नरैनापुर गाउँपालिकाद्वारा शोक व्यक्त, सोमबार शोक बिदा

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२१ असार २०८३, आइतबार

बाँके । नरैनापुर गाउँपालिका–४ का वडा सदस्य तथा गाउँ कार्यपालिकाका सदस्य सन्तोष कुमार श्रीवास्तवको उपचारका क्रममा भारतको लखनउमा असामयिक निधन भएपछि नरैनापुर गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै सोमबार शोक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले आइतबार जारी गरेको शोक बिदा सम्बन्धी सूचनामा स्वर्गीय श्रीवास्तवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ। 

सूचनामा श्रीवास्तव जनप्रिय, कर्मठ तथा समर्पित जनप्रतिनिधिका रूपमा परिचित रहेको उल्लेख गर्दै उहाँको असामयिक निधनबाट नरैनापुर गाउँपालिका र समग्र क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाइएको छ।

गाउँ कार्यपालिकाको आकस्मिक बैठकको निर्णयअनुसार असार २२ गते सोमबार गाउँपालिका कार्यालय तथा मातहतका सबै निकायमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने गरी शोक बिदा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत नवराज वलीद्वारा हस्ताक्षरित सूचनामार्फत शोक बिदासम्बन्धी जानकारी सार्वजनिक गरिएको हो । गाउँपालिकाले स्वर्गीय श्रीवास्तवले जनसेवा र स्थानीय विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार