मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |
मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |


क्षेत्र नं ३ मा सत्तारुढ गठबन्धनविरुद्ध चुनावी कमाण्ड सम्हाल्दै पूर्वमन्त्रीहरू

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
क्षेत्र नं. १ का पूर्व सांसद समेत रहनुभएका भण्डारी राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा निरन्तर चुनावी अभियानमा रहनुभएको छ ।
१५ कार्तिक २०७९, मङ्गलबार

नेपालगन्ज । बाँकेमा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई जिताउन राप्रपाका नेता तथा पूर्वमन्त्री प्रेम भण्डारी र फत्तेसिंह थारु मैदानमा खटिनु भएको छ ।

पूर्वमन्त्री भण्डारी बाँके क्षेत्र नं. १ र पूर्वमन्त्री थारुले क्षेत्र नं. ३ मा एमाले राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन कमाण्ड सम्हाल्नु भएको छ । उहाँहरु उम्मेदवार सँगसँगै निर्वाचन क्षेत्र अन्तर्गतका गाउँवस्तीमा पुग्ने गर्नुभएको छ ।

क्षेत्र नं. १ का पूर्व सांसद समेत रहनुभएका भण्डारी राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा निरन्तर चुनावी अभियानमा रहनुभएको छ । सोमवार नरैनापुरको पनि विकट क्षेत्रका रुपमा रहेको सीमावर्ती क्षेत्र वडा नं. २ रोशनपुर्वा र घोडदौरिया लगायतका स्थानमा भण्डारीको नेतृत्वमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकाल र प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेल सहित चुनावी प्रचार गरिएको छ ।

राप्रपाका बरिष्ठ नेता थारु क्षेत्र नं. ३ मा एमाले उम्मेदवार उम्मेदवारसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा पुग्ने गर्नुभएको छ । बाँके क्षेत्र नं. ३ क मा केही दिनयता पूर्वमन्त्री एवम् राप्रपा नेता थारुको प्रमुख आतिथ्यमा नेकपा एमाले–राप्रपाको औपचारिक र अनौपचारिक चुनावी कार्यक्रम भईरहेका छन् । पूर्वमन्त्री थारुले एमाले र राप्रपाका संयुक्त उम्मेदवारहरुको विजय सुनिश्चित भएको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य बाँके इन्चार्ज एवम् बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले राप्रपासँगको चुनावी तालमेलसँगै अहिले नयाँ इतिहास रच्ने अवर प्राप्त भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यसपटकको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रिय र क्रियाशिलपूर्वक लाग्न जोड दिनुभयो ।

बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता,कार्यकर्ता तथा जनता समेत उत्साहित भएको नेकपा एमाले राप्तीसोनारीका युवा नेता माधव पौडेलले बताउनुभयो । दुई पार्टीबीचको तालमेलले जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको उहाँको दावी छ ।

बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा उम्मेदवार डा. धवलसम्शेर राणा र प्रदेश सभातर्फ बाँके क्षेत्र नं. १ क मा राप्रपाका उम्मेदवार नरेन्द्र पौडेललाई सघाउने भएको छ । अन्य निर्वाचन क्षेत्रमा राप्रपाले नेकपा एमालेका उम्मेदवारलाई सघाउने गरी तालमेल भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।

नेकपा एमालेबाट बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा केन्द्रीय सदस्य सूर्य ढकाल, प्रदेश ख मा दुर्गा थारु (सन्तोष), बाँके क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश क मा पार्टी सचिव रत्न खत्री र प्रदेश ख मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बन्नुभएको छ ।

राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशम्शेर राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दावी गर्नुभयो ।

‘परिस्थितिको विश्लेषण गरेर समय र परिस्थितिलाई आफ्नो काबुमा लिएर अगाडि बढौं, नतिजा सकारात्मक आउछ’उहाँले भन्नुभयो,‘राप्रपाले कुनै पनि गद्धारी गर्दैन राप्रपालाई आउने बराबर भोट एमालेलाई आउँछ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार