मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले गत आर्थिक बर्ष २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा कुल लगत २६४६ रहेकोमा २००४ वटा मुद्दा फछ्र्यौट भएको उच्च अदालत नेपालगञ्ज इजलासले जनाएको छ । जिम्मेवारी सरी आएका ७७४ र नयाँ दर्ता भएका १८७२ मुद्दा मध्ये जिम्मेवारी सरी आएका सबै र नयाँ मध्ये १२३० मुद्दा फछ्र्यौट भएका हुन् । योजनाको लक्ष्यको तुलनामा फछ्र्यौट प्रतिशत १२२.४२ रहेको छ । 

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश चन्द्र बहादुर सारुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एक बर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य रहेको जानकारी दिइएको छ । मुख्य न्यायाधीश सारुले गत आर्थिक बर्ष २०८१/८२ मा जिम्मेवारी सरी आएका सबै फैसला गर्ने र नयाँ दर्ताको ५० प्रतिशत फैसला गर्ने मूल योजनाको रणनीति पूरा भएका बताए । गत आर्थिक वर्षमा ७१।४१ प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए । अदालतको रेकर्ड अनुसार प्रत्येक बर्ष मुद्दा फर्छ्यौट दर बढ्दै गएको छ । फछ्र्यौट भएका मुद्दा मध्ये जबरजस्ती करणी १४८, लागूऔषध १५१, मानव बेचबिखन तथा ओसारपसार २८, ज्यान सम्बन्धि कसुर १५५, सम्बन्ध विच्छेद ५०, अन्य मुद्दा १०६३ तथा रिट र निषेधाज्ञा ४०९ रहेका छन् ।

यसैगरी जिल्ला अदालत बाँकेले गत आर्थिक बर्ष २०८१/८२ मा ५९.६८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला न्यायाधीश भिष्मराज प्रसाईँका अनुसार योजनाको लक्ष्यको तुलनामा ८९.५० प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । कुल ७८०४ मुद्दामा ४६५८ वटा मुद्दा फछ्र्यौट भएका छन् । जिल्ला अदालतमा दुई बर्ष नाघेका मुद्दा भने अझै ५३ वटा छन् । यस्तै बर्दिया जिल्ला अदालतमा ७६ प्रतिशत मुद्दा फछ्र्यौट भएको जिल्ला न्यायाधीश मनोज श्रेष्ठले बताए । 

आर्थिक बर्ष २०८१/८२ मा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मुख्य न्यायाधीश सारुले सबैभन्दा धेरै ९१३ वटा मुद्दा फैसला गर्दा मातहतको बाँके जिल्ला अदालतमा न्यायाधीश इन्द्र बहादुर कठायतले सबैभन्दा बढी ८११ र बर्दिया जिल्ला अदालतमा जिल्ला न्यायाधीश श्रेष्ठले सबैभन्दा बढी ९३४ वटा मुद्दा फछ्र्यौट गरेको तथ्याङ्क छ । यसैगरी २०८१/८२ मा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा उत्कृष्ट कार्य सम्पादन गरेका इजलास अधिकृत आँचल बगाले, नायब सुब्बा डम्बर विष्ट, तामेलदार प्रदीप चन्द र कार्यालय सहयोगी हरिश्चन्द्र खत्रीलाई पुरस्कृत गरिएको छ ।

पत्रकार सम्मेलनमा उच्च अदालत नेपालगञ्जका न्यायाधीशहरू सुभाष पौडेल, पुनम सिंह चन्द, गोविन्द जोशी, बसन्तराज पौडेल, जिल्ला अदालतका न्यायाधीश चन्द्रप्रकाश तिवारी, उच्च अदालतका रजिष्ट्रार सपना अधिकारी लगायतको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार