मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेका ८ वटै स्थानीय तहमा कस कसको छ अग्रतालाई?

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको ८ वटै स्थानीय तहमा मतगणना जारी
१ जेठ २०७९, आइतबार

बाँके । बाँकेका ८ वटै स्थानीय तहमा मतगणना चलिरहेको छ । अहिलेसम्म नेपाली कांग्रेसले नेपालगन्जसहित ६ स्थानीय तहमा अग्रता लिइरहेको छ । यस्तै नेकपा एमालेले २ वटा स्थानीय तहमा अग्रता कायम गरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिएका छन् । उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्धिन राईले अग्रता लिइरहेका छन् । 

कोहलपुर नगरपालिकामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य र उपप्रमुख पदमा कांग्रेसकै संगिता सुवेदीले अग्रता लिएकी छन् । यसैगरी डुडुवा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा कांग्रेसकै साहिदा बानोले अग्रता लिएकी छन् । जानकी गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका छब्बन खाँ र रामप्यारी यादवले अग्रता लिएका छन् । 

त्यस्तै बैजनाथ गाउँपालिकाको अध्यक्षमा प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकायले अग्रता लिएका छन् । नरैनापुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र मौर्य र उपाध्यक्षमा अतिकुन निसाले अग्रता लिइरहेका बेला शनिबार राती मतगणना स्थगित भएको थियो । अहिलेसम्म मतगणना सुरु भएको छैन । 

राप्ती सोनारी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका रामदास थारु र उपाध्यक्षमा एमालेकै चमेली बागबलले अग्रता लिएका छन् । खजुरा गाउँपालिकाको अध्यक्षमा एमालेका सुमन मल्ल र उपाध्यक्षमा ताजरुन निसाले अग्रता लिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार