मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

‘केपीको पार्टी प्राइभेट कम्पनी हो’ - अध्यक्ष नेपाल

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शुक्रबारबाट नेपालगन्जमा सुरु भएको छ
२ पौष २०७८, शुक्रबार

नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शुक्रबारबाट नेपालगन्जमा सुरु भएको छ ।

अनेरास्ववियू लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्लको सभापतित्व सुरु भएको अधिवेशनको नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले केपीको पार्टी प्राइभेट कम्पनी भएको बताउनु भयो ।

अध्यक्ष नेपालले भने नेकपा एमाले अब पार्टी नरहेको त्यो केपी ओली कम्पनी भएको समेत बताए । एमालेमा केपी ओलीलाई जस्ले बा भन्छ उसले जे गरे पनि हुन्छ, तर हाम्रो पार्टी त्यस्तो नहुने र आफनो पार्टी विधि अनुसार चल्ने बताए ।

साथै अध्यक्ष नेपालले सत्तागठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् ।

भने एमसीसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका ५ दलको बीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीहरुले प्रधानमन्त्रीलाई भनिरहेको अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले भने ‘सबै पार्टीको विचार आउनु प¥यो । छलछाम गर्नुपर्ने कुनै आवश्यकता छैन’, उनले अडान दोहो¥याए, ‘ नेपालको हितमा छ भने हामीले कुनै पनि सहयोग स्वीकार्य र नेपालको हितमा छैन भने हामीलाई त्यस्तो सहयोग स्वीकार्य छैन । त्यहाँ लेखिएका कुरामा कहीँ कमजोरी छन् भने त्यो सुध्रेका वा सुधारिएको देख्न चाहन्छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार