मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

हङकङविरुद्ध नेपालको खराब सुरुवात

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङसँग खराब सुरुवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा ४ विकेट गुमाउँदै ५१ रन बनाएको छ । सन्दीप जोरा ८ र कुशल मल्ल १ रन बनाएर क्रिजमा छन् ।

नेपालका ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ५, सोमपाल कामी १२ र कप्तान रोहित २१ रनमा आउट भए । खराब लयबाट गुज्रिएका ओपनर कुशल भुर्तेल आज पनि चल्न सकेनन् ।

तीव्र गतिका बलर आयुश शुक्लाको पहिलो ओभरको दोस्रो गुड लेन्थको बलमा विकेटकिपर जिसान अलीबाट भुर्तेल क्याच आउट हुन पुगे । उनी लगातार तीन खेलमा शून्यमा आउट भएका हुन् । यसअघि समूह चरणमा साउदी अरेविया र सेमिफाइनल खेलमा युएईसँग शून्यमै आउट भएका थिए ।

कुशल आउट भएपछि तेस्रो नम्बरमा सोमपाल कामीलाई पठाएको थियो । सोमपाल शुक्लाको बलमा ७ बलमा २ चौका प्रहार गर्दै आउट भए । ओपनर आसिफ शेख शुक्लाको पाँचौं ओभरको पाँचौं बलमा खराब सट खेल्दै क्याच आउट भएपछि नेपाल ३२–३ को अवस्थामा पुगेको थियो ।

युएईसँगको खेलमा १८ बलमा ५ रन बनाउँदै आउट भएका कप्तान रोहित आज पनि चल्न सकेनन् । अतिक इकबालको आठौं ओभरको पाँचौं बलमा रोहित २१ रनमा एलबीडब्लू आउट भए । रोहितले १९ बलमा २ चौका प्रहार गरे ।यस खेलको विजेताले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार