मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

अत्याधिक गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
निलसागर आश्रमका बृद्धबृद्धा र बालबालिकाको जनजीवन कष्टकर बन्दै
२ असार २०८१, आइतबार

बाँके । पछिल्लो समयमा तराईका जिल्लामा बढेको अत्यधिक गर्मी र तातो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको छ । उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु समेत भएको छ । मृत्यु हुनेमा खजुरा गाँउपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण हृदयघात भएर ज्यान गएको भेरी अस्पतालले जनाएको छ । 

खजुरा बजारमा मेट्रो ज्वेलर्स संचालन गर्दै आएका सुनार आज मध्यान्ह मोटरसाईकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाईकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्दार गरि अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले जानकारी दिनु भयो । 

यसैगरी शनिबार १०४ वर्षिय कैलाश गिरीको श्वास प्रश्वासमा समस्या देखिए पछि भेरी अस्पतालम भर्ना गरेको ३० मिनेट नबित्दै मृत्यु भएको थियो । ९ वर्ष अघि बागेश्वरी मन्दीरबाट उद्धार गरी निलसागर आश्रममा बस्दै आउनु भएका गिरीको अत्याधिक गर्मीका कारण मृत्यु भएको आश्रमकि संचालक सरिता खनालले बताउनु भयो । उहाँले भन्नुभयो, बेवारिसे तथा आफन्त नभएका ज्येष्ठ नागरिकका र बालबालिका लागि निलसागर आश्रयस्थल बनेको छ तर निलसागर सञ्चालन गर्न भने समस्या भईरहेको बताउदै ९ वर्षमा २२३ जनाको मृत्यु भएको बताउनु भयो । 

ज्येष्ठ नागरिक र बालबालिकालाई राम्रो आवासको व्यवस्था नभएकोले आश्रमको दैनिक सञ्चालनमा भने समस्या रहेको सञ्चालक सरिताले बताउनु भयो उहाँले भन्नुभयो, संघीय,प्रदेश र स्थानीय सरकारले आफनो निति कार्यक्रममा आश्रमहरुका लागि बजेट विनियोजन गरी संचालन का लागि सहज वातावरण मनाउन जरुरी रहेको जिकिर गर्नु भयो । निलसागर आश्रम नेपालगंजमा २१६ जना बृद्धबृद्धा र ७५ जना बालबालिकाहरु आश्रममा आश्रय लिई रहेको जानकारी गराउनु भएको थियो । 

आश्रमका १०४ वर्षीय जेष्ठ नागरिकको मृत्यु भएको जानकारी पाए लगत्तै मिथिया सेवा समाजले एक कार्यका बिच ३ बोरा चामल र मेडमा लगाउने तन्ना सहयोग गरेको सचिव भरत महतोले जानकारी दिनु भयो ।   

पछिल्लो केही दिनयता पश्चिम तराईको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ । आईतबार यी जिल्लाहरुको तापमान ४० देखि ४५ डिग्री सम्म पुगेको मौसम विभागले जनाएको छ । यसरी अत्याधिक गर्मी बढेसंगै जनजीवन अस्तव्यस्त बनेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार