बाँके । बैजनाथ गाउँपालिकामा बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपालले आयोजना गरेको मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरुले स्थानीय निकायले मानसिक स्वास्थ्य सम्बन्धी कार्यविधि निर्माण गरी काम गर्नु पर्ने बताएका थिए ।
गाउँपालिका कि स्वास्थ्य सहसंयोजक लक्ष्म रोकायाले मानसिक स्वास्थ्य समस्यालाई पाठ्यक्रममा राख्ने तर्फ ध्यान केन्द्रित गर्न जरुरी रहेको बताउनु भएको थियो । सोमबार आयोजित कार्यक्रममा बोल्दै जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवीले जन चेतना जगाउने खाले कार्य संचालन गर्न माग गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले मानसिक स्वास्थ्य सम्बन्धी निति निर्माण प्रक्रिया तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । यस्तै पालिका कि उपाध्यक्ष शारदा रेग्मी बिकले मानसिक स्वास्थ्य समस्या झेलिरहेकाहरुलाई पालिका बाट निशुल्क औषधी दिने काम भएको बताउँदै वडा वडामा मनोसामाजिक परामर्शकर्ता राख्न जरुरी रहेको बताउनु भएको थियो ।
सो कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका कार्यपालिकाका सदस्य गुमान बहादुर दमाईले मानसिक स्वास्थ्य सम्बन्धी जानकारी तथा जनचेतनामुलक सामग्री स्थानीय पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिएका थिए । ‘अहिले समाजमा मानिसक समस्या तिव्र रुपमा बढेको पाइन्छ, त्यसको न्यूनिकरण गर्नका लागि पनि पाठ्यक्रममा समावेश गर्दा निकै प्रभावकारी हुने थियो’ उहाँको भनाइ थियो ।
यस्तै जनजागरण आधारभुत विद्यालयका शिक्षक नविन केसीले बालबालिकाहरुमा समेत मानसिक समस्या देखिन थालेको जिकिर गर्नु भयो । अहिले मोवाइलमा अनेकौं अनलाइन ग्याम, फेसबुक, टिकटक अन्य गतिविधिहरु नजिर भएकोले बताउदै उहाँले भन्नुभयो एकोहोरो हुने, प्रश्न गर्दा अल्मलिने, निद्रामा भएको जस्तो देखिने, क्रियाकलापमा सक्रिय रुपमा भाग नलिने, एकल बस्न रुचाउने र शिक्षकहरुले भनेको नमान्ने अटेरी गर्ने, छिटो रिस उठाउने जस्ता समस्या देखा परेका छन् । यस किसिमका मानसिक समस्याका कारणले बालबालिकाको शैक्षिक क्षेत्रमा प्रगति हुन नसकेको र यो निकै गम्भिर विषय रहेको केसीको भनाई थियो ।
यस्तै महिला स्वास्थ्य सेविका भावना चौधरीले समुदायस्तरमा मानसिक रोगको उपचारको सहज पहुँच नभएको, धेरैजसो मानसिक रोगको औषधीहरु निःशुल्क पाइने भएतापनी समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम नभएको अवस्थामा सर्वसाधरणले सहरमा गएर चर्को मुल्यमा उपचार गराउनुपर्ने बाध्यता रहेको बताउनु भयो ।
उहाँकस अनुसार मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने र उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपमा बुझिने गरेको छ उहाँले भन्नुभयो समुदायस्तरबाटै मानसिक रोगको निदान, उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग गर्नका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्न जोड दिनु भयो ।
यस्तै बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) का कार्यकारी निर्देशक कमल गौतमले समुदायमा मानसिक रोगबारे भएका लाञ्छाना तथा विभेदको रोकथाम गर्न र सर्वसाधरणलाई निःशुल्क उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले पाँच वटा मोड्यूल तयार गरीएको जानकारी दिनु भयो । उहाँका अनुसार मानसिक स्वास्थ्यलाई सरकारी पक्षबाट यथेष्ट प्राथमिकता नभएको अवस्थामा स्थानियतहबाट यस्ता कार्यक्रम प्राथमिकताका साथ पाठ्यक्रममा राख्दा कस्तो होला ? उहाँले पश्न गर्नु भएको थियो। गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने टीपीओ नेपालका कार्यकारी निर्देशक गौतमको भनाइ थियो । कार्यक्रममा टिपिओका कार्यक्रम संयोजक पिताम्बर कोइराला, जितेन्द्र राइ लगायतले सहजीकरण गर्नुभएको थियो ।