मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

टर्कीमा शक्तिशाली भूकम्प, २ हजार भन्दा बढीको मृत्यु

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो अर्को शक्तिशाली भूकम्प गएको थियो ।
२३ माघ २०७९, सोमबार

एजेन्सी — टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजारभन्दा धेरै पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै हजारौंको संख्यामा घाइते भएका छन् ।

सोमबार बिहान स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो अर्को शक्तिशाली भूकम्प गएको थियो ।

तर त्यसबीचमा सयौं परकम्प गएका थिए । सोमबार बिहानको भूकम्प १७.९ किमीको गहिराइसम्म पुगेको थियो । उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यससँगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।

यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ । सीएनएनका अनुसार सिरिया र टर्कीमा मृत्यु हुनेको संख्या २३ नाघिसकेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १५ सयभन्दा धेरै पुगेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटिएको प्रतिक्रिया दिएका छन् । साथै प्रभावित रहेका ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । साथै भत्किएका संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्नु र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख प्राथमिकता रहेको पनि उनले बताएका छन् ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

यसैबीच टर्कीको भूकम्पमा परी घानाका फुटबलर क्रिस्चियन अत्सु बेपत्ता भएका छन् । घानाको राष्ट्रिय टोलीका खेलाडी क्रिस्चियन अत्सु सोमबार टर्कीमा गएको भूकम्पमा परी बेपत्ता भएका हुन् । ३१ वर्षीय खेलाडी क्रिस्चियन पाँच वर्षसम्म न्यु क्यासलबाट खेलेका थिए । भूकम्पमा परी बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।

यसैबीच, टर्कीको भूकम्पमा परी घानाका फुटबलर क्रिस्चियन अत्सु बेपत्ता भएका छन् । घानाको राष्ट्रिय टोलीका खेलाडी क्रिस्चियन अत्सु सोमबार टर्कीमा गएको भूकम्पमा परी बेपत्ता भएका हुन् । ३१ वर्षीय खेलाडी क्रिस्चियन पाँच वर्षसम्म न्यु क्यासलबाट खेलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार