मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

नरैनापुरको महतिनियामा नमुना बिद्यालय भबनको शिलान्यास

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
नरैनापुर २ मा रहेको मदरसा सिराजिया इशरारुल उलुममा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
१९ पौष २०७९, मङ्गलबार
नरैनापुर । नरैनापुर गाँउपालिका वडा नम्बर १ महतिनियामा संचालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नया भवनको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले शिलान्यास गर्नु भएको छ ।
प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा रहेका जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउन तर्फ लाग्न आग्रह गर्दै विद्यालयलाई वास्तविक नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।
अध्यक्ष शाहले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा गाँउपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने जिकिर गर्नु भयो ।  नरैनापुरलाई पर्यटकीय स्थल बनाउने गरी गाँउपालिकाले काम गरिरहेको उहाँको भनाइ थियो ।
प्रदेश सरकार र पालिकाबाट गरी जम्मा रु ३ करोड लागतमा निमार्ण सुरु भएको भवन १८ महिना भित्रै निमार्ण सम्पन्न गर्न गाँउपालिका अध्यक्ष शाहले निर्देशन दिनु भयो ।
नरैनापुर गाँउपालिका वडा नम्बर १ मा संचालित उक्त बिद्यालयको हाल पठनपाठन भईरहेको भवन जिर्ण अवस्थामा रहेकोले प्रदेश सरकार र नरैनापुर गाँउपालिकाको समपूरक अनुदानबाट ८ कोठे भवन र शौचालय बन्न लागेको नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।
शिलान्यास कार्यक्रममा नरैनपुर गाँउपालिका वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा सदस्य रियाज खाँ, योजना शाखा प्रमुख प्रकाश अधिकारी, इन्जिनियर प्रबिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी नरैनापुर २ मा रहेको मदरसा सिराजिया इशरारुल उलुममा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
मदरसाका अध्यक्ष शैयद मुस्ताक अहमद शाहले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । मुस्लिम समुदायका विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीहरुलाई एक÷एकथान पोशास वितरण गरिएको थियो ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार