काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पूर्व महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले आफू पार्टी सभापति रवि लामिछानेको क्लबबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री एवम् प्रवक्ता दुवैको जिम्मेवारीबाट आफूलाई निस्कासित गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन’ उनी लेख्छन्, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ….