मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

भेरी अस्पतालमा सेवा सुधारको माग चर्कियो : इकोका लागि महिनौँ कुर्नुपर्ने बाध्यता

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

बाँके । बाँकेको भेरी अस्पताल मा मुटु सम्बन्धी परीक्षण ‘इको’ गराउन बिरामीहरूले महिनौँसम्म कुर्नुपर्ने बाध्यता देखिएको छ। अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञहरूको मनोमानी व्यवहार र निजी क्लिनिकतर्फ बढ्दो झुकावका कारण सर्वसाधारणले समयमै उपचार नपाउने गुनासो गरेका छन् ।

बैजनाथ गाउँपालिकाबाट उपचारका लागि आएकी ७२ वर्षीया लक्ष्मी देवी शर्माले मुटु समस्याका कारण अस्पताल पुगे पनि इको परीक्षणका लागि वैशाख ५ गतेको मिति दिइएको बताउनुभयो। “इको जस्तो संवेदनशील जाँचका लागि यति लामो समय कुर्नुपर्दा बिरामीको अवस्था झन् जटिल बन्न सक्छ,” उहाँले गुनासो गर्नुभयो।

अस्पतालमा उपचारका लागि आउने अन्य बिरामीहरूले समेत चिकित्सकहरू अस्पतालमा पर्याप्त समय नबस्ने र निजी क्लिनिकमै बढी केन्द्रित हुने गरेको आरोप लगाएका छन्। यसले गर्दा सरकारी अस्पतालप्रतिको विश्वास कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।

अस्पताल विकास समितिका एक सदस्यले चिकित्सकहरूको मनोमानीका कारण सेवाग्राहीले अपेक्षित सेवा पाउन नसकेको उल्लेख गर्दै वर्षौँदेखि एउटै स्थानमा कार्यरत स्वास्थ्यकर्मीहरूको कार्यशैलीमा सुधार नआएको बताए। “अब सरकारले आवश्यक निर्णय लिएर नयाँ स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गर्ने वातावरण बनाउनुपर्छ,” उनले भने।

यसैबीच, अस्पतालमा प्रवाह हुने स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन चिकित्सक तथा व्यवस्थापन पक्षले ध्यान दिनुपर्ने विभिन्न पक्षहरू समेत औंल्याइएका छन् । अस्पतालमा नियमित रूपमा चिकित्सक उपस्थित भई बिरामी जाँच गर्नुपर्ने, इकोजस्ता अत्यावश्यक परीक्षणहरू समयमै उपलब्ध गराउनुपर्ने, सेवाप्रवाहमा पारदर्शिता र बिरामीमैत्री व्यवहार अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

त्यस्तै, निजी क्लिनिक र सरकारी सेवाबीच सन्तुलन कायम गर्न प्रभावकारी अनुगमन प्रणाली आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। अस्पताल व्यवस्थापनले सेवाको गुणस्तर मापन गर्दै चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउनुपर्नेमा जोड दिइएको छ।

सर्वसाधारण नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले यस्ता समस्यातर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार