मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

बालेनले भने- सिंहदरबार जलिरहँदा महानगर चुप थिएन

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
अराजक परिस्थितिका बीच पनि महानगरको टोलीले ज्यानको जोखिम मोलेर ५५ भन्दा बढी स्थानमा आगो नियन्त्रणमा खटिएको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।
२१ अशोज २०८२, मङ्गलबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हालै सिंहदरबारमा भएको आगलागीका क्रममा महानगरको दमकलले भूमिका नखेलेको भन्ने आरोपको खण्डन गरेका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले अराजक परिस्थितिका बीच पनि महानगरको टोलीले ज्यानको जोखिम मोलेर ५५ भन्दा बढी स्थानमा आगो नियन्त्रणमा खटिएको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।

“यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो ? सिंहदरबार जलाउने नै बालेन शाह हो !” जस्ता आरोपका बारेमा उल्लेख गर्दै उनले भने —

“हुँदै नभएको गलत प्रचार फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।” मेयर शाहका अनुसार, भदौ २४ गते देशभरि अवस्था अस्तव्यस्त रहेको बेला पनि स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको थिएन।

सिंहदरबारमा आगो लागेलगत्तै दमकल पठाउने प्रयास गरिएको भए पनि आन्दोलनकारीको अवरोधका कारण तत्काल प्रवेश सम्भव नभएको उनले स्पष्ट पारे।

उनका शब्दमा —“नेपाली सेनाको दमकल सिंहदरबारभित्रै थियो, तर हुलका कारण काम गर्न सकेको थिएन। जब भिड अलिक शान्त भयो, २४ गते साँझ ८:१५ भित्रै महानगरको दमकल त्यहाँ पुगेको थियो।”

शाहले भदौ २३ देखि २८ गतेसम्म महानगरका पाँच वटा दमकल टोलीले ५५ पटकभन्दा बढी आगलागी नियन्त्रणमा खटिएको तथ्यांक पनि सार्वजनिक गरे।
उनका अनुसार, ती घटनामध्ये सिंहदरबारमा मात्र चार पटक, साथै संसद भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, विभिन्न प्रहरी वृत्त, भाटभटेनी सुपरमार्केटका शाखा, निजी घर र गोदामहरू समेतमा दमकल पुगेका थिए।

“सर्वोच्च अदालत परिसरमा आगो निभाएर त्यहाँका महत्वपूर्ण कागजपत्र बचाइएको प्रमाण हाम्रो टोलीसँग सुरक्षित छ,” उनले दाबी गरे।

शाहका अनुसार, महानगरको टोली केवल आगो निभाउने काममै सीमित रहेन।
उनीहरूले घाइतेहरूको उद्धार, उपचार व्यवस्थापन, औषधि तथा रगतको समन्वय, साथै बिरामी र कुरुवालाई खाना–बासको व्यवस्थाशव व्यवस्थापनसम्मका जिम्मेवारी सम्हालेका थिए।

“अभिभावक नभएका बिरामीका लागि हाम्रो टोली नै अभिभावक बनेको थियो।
अपरेसनका बेला आवश्यक ‘Informed Consent Form’ मा समेत नगरप्रहरीले जिम्मेवारीसहित हस्ताक्षर गरेको छ,” शाहले लेखे।

शाहले आफ्नो कामप्रति राजनीतिक निहितार्थ खोज्नेहरूलाई असन्तुष्टि जनाउँदै भने —“मलाई यसका लागि कुनै जस चाहिएको छैन। तर कमसेकम आगो निभाउने, उद्धार गर्ने र उपचारमा खटिनेहरूलाई सम्मानजनक दृष्टिले हेर्नुहोस्। देशलाई अहिले चाहिएको कुरा एकता र सत्य हो — हल्ला र झुट होइन।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार