मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सप्तरी–२ मा त्रिकोणीय प्रतिस्पर्धाको संकेत : डा. दिपक चौधरीको प्रवेशसँगै चुनावी माहोल तातियो

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। एकपछि अर्काे उम्मेदवारी घोषणा हुने क्रमले जिल्लाको राजनीतिक माहोल थप तातिएको हो।

यसैक्रममा उज्यालो नेपाल पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा डा. दिपक चौधरी सम्भावित उम्मेदवारका रूपमा अघि आएका छन्। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यसमेत रहेका डा. चौधरीलाई उम्मेदवार बनाउने तयारी भइरहेको जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले जानकारी दिए।

राजविराज नगरपालिका–१३, विषहरियाका स्थायी बासिन्दा डा. चौधरी ‘नेतृत्व र सुशासन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी हासिल गरेका अनुभवी व्यक्तित्व हुन्। मधेस केन्द्रित राजनीति, समाज रूपान्तरण र विकासका विषयमा कलम चलाउँदै आएका उनका “नेपालको मधेसी समाज रूपान्तरण”, “पूर्वी एसियाको आँखीझ्याल”, “तराई–मधेस अफ नेपाल” लगायत दर्जनौँ कृतिहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित छन् ।

करिब २० वर्षको प्रशासनिक तथा व्यवस्थापकीय अनुभव बोकेका डा. चौधरी तराई–मधेसलाई नजिकबाट बुझेका विकासविद्, लेखक र सामाजिक अभियन्ताका रूपमा परिचित छन्। यही पृष्ठभूमिका कारण उनको उम्मेदवारीलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

सप्तरी–२ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई आ–आफ्ना पार्टीले उम्मेदवारका रूपमा सिफारिस गरिसकेका छन्। निबर्तमान प्रतिनिधिसभा सदस्य डा. राउतलाई आफ्नो राजनीतिक विरासत जोगाउने चुनौती छ भने यादव गुमेको आधार फर्काउने प्रयासमा छन् ।

यस क्षेत्रका मतदाताले एउटै प्रतिनिधिलाई दोहोर्‍याएर चयन गर्न नचाहने अघिल्लो इतिहाससमेत जोडिँदा, डा. दिपक चौधरीको सम्भावित उम्मेदवारीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को राजनीति थप तरंगित बनेको छ । चियापसलदेखि पान पसलसम्म नयाँ नेतृत्व र विकल्पबारे बहस चर्किँदै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार