मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |

राप्तिसोनारी ६ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न १ सय १५ जनाको उपचार

यूथ टुडे समाचारदाता 3464+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

बाँके । बाँकेको राप्तिसोनारी गाउपालिका वडा नं. ६ को सुकमैया प्राथमिक विद्यालय नयाँबस्तीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार भएको शिविरमा १ सय १५ जनाको निशुल्क चेकजाँच र उपचार गरिएको थियो । 

नेपालगन्ज स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र राप्ती सोनारी वडा नं. ६ को संयोजनमा निशुल्क स्वस्थ्य शिविर भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताउनु भयो ।

शिविरमा उपस्थित लक्ष्यित समुहलाई सम्बोधन गर्दै वडा अध्यक्ष लवराज खरेलले विभिन्न स्वस्थ्य शिविर भएपनि आजसम्म नाक, कान, घाँटीको स्वस्थ्य शिविर नभएको बताउनु भयो । 

निशुल्क स्वस्थ्य शिविरमा नाक, कान, घाँटीको चेक जाँच गरिएको थियो । त्यस्तै पत्रकार डा. डक्ट प्रसाद धितालले सहभागी स्वस्थ्यकर्मी र डाक्टर बसेलको टिमलाई धैर्यताका साथ चेकजाँचमा गरेको भन्दै धन्यवाद दिनु भयो । डा.बसेलले भन्नुभयो ´कानको जटिल समस्या देखिएका ५ जनाको निशुल्क उपचार गर्ने छौ ।` 

स्वस्थ्य शिविरमा ५ बर्षका बालबालिका देखि ८० बर्षसम्मका जेष्ठ नागरिकहरु सेवा लिन उपस्थित भएका थिए । ७२ बर्षिय मालती थारुले सो स्वस्थ्य शिविरबाट सोचे भन्दा बढीको सेवा पाएको बताउनु भयो । त्यस्तै ७५ बर्षिय एक जेष्ठ नागरिकले पनि डाक्टर बसेलको टोलीलाई धन्यवाद दिनुभयो । 

सो सिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु लागायत स्थानीय नागरिक अगुवा बिनकुमार घर्ती र शिक्षिका तिला घर्तिको उपस्थिति रहेको थि

यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार