मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अमेरिकी कम्पनीहरुले किर्तिमानी संख्यामा रोबोटलाई काममा लगाए

महमूद आलम खान 1133+ समाचार ( )
अमेरिकी कारखाना तथा अन्य औद्योगिक प्रयोगकर्ताहरुले पछिल्लो ९ महिनामा २९ हजार रोबोट खरीदका लागि अर्डर गरेका छन्
३० कार्तिक २०७८, मङ्गलबार

सिएनएन । कारखानाहरुमा पर्याप्ट श्रमिक अभाव झेलिरहेका अमेरिकी कम्पनीहरुले किर्तिमानी संख्यामा रोबोटलाई काममा लगाएका छन् ।

अमेरिकी कारखाना तथा अन्य औद्योगिक प्रयोगकर्ताहरुले पछिल्लो ९ महिनामा २९ हजार रोबोट खरीदका लागि अर्डर गरेका छन्

एसोसिएसन फर एडभान्सिङका अनुसार यो संख्या गतवर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढी हो । २९ हजार रोबोटको मूल्य १ अर्ब ४८ करोड डलर पर्ने रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समयमा उत्पादनमा बढोत्तरीको आवश्यकतासँगै श्रमिक अभाव झेलिरहेका अमेरिकी कम्पनीहरुले श्रमिकको अभाव पूर्ति गर्नका लागि कारखानाहरुमा स्वचालित रोबोटहरुलाई काममा लगाउने क्रम बढेको छ ।

महामारी पश्चात् पूर्ण सञ्चालनमा आएका कम्पनीहरुमा थपिएको लगानीसँगै उत्पादन बढाउनुपर्ने बाध्यताका बीच महामारीमा रोजगारी गुमाएका श्रमिकलाई पुनः आकर्षित गर्न कम्पनीहरुले नसकिरहेका बेला विकल्पको रुपमा रोबोटको प्रयोग बढेको हो ।

एसोसिएसन फर एडभान्सिङ अटोमेसनका अध्यक्ष जेफ बर्नस्टे भन्छन् ः कम्पनीहरुले आफुलाई आवश्यक पर्ने जनशक्ति पाउन सक्दैनन् । त्यसैले उनीहरु अटोमेसनमा दौडिरहेका छन् ।

यसअघि अटोमोबाइल कम्पनीहरु सबैभन्दा धेरै औद्योगिक रोबोट खरीद गर्ने क्षेत्रको रुपमा रहेकोमा सन् २०२० यता अन्य व्यवसायिक क्षेत्रमा खरीद गरिएका कुल रोबोटको संख्याले अटोमोबाइल क्षेत्रलाई पछि पारेको छ ।

सन् २०२१ को पहिलो ९ महिनामा अटोमोबाइल क्षेत्रमा रोबोटको मागमा २० प्रतिशतले बढेर १२ हजार ५४४ गोटा पुग्दा अन्य क्षेत्रमा रोबोटको मागमा ५३ प्रतिशतले वृद्धि भई १६ हजार ३५५ पुगेको रिपोर्टमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै