मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

खजुरामा बिद्यालयको छत खस्दा बिद्यार्थी घाइते

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
बिद्यार्थी घाइते भएको सम्बन्धमा खजुरा गाँउपालिका शिक्षा शाखाले भने अनविज्ञता प्रकट गरेको छ ।
९ भाद्र २०७९, बिहीबार

बाँके व। बांकेको खजुरा गाउँपालिका ६ सिमलघारी शान्तिनगरमा रहेको जनकल्याण माबी खजुरामा बिद्यालयको छत खसेर बिद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरु परिक्षामा बसिरहेकै अवस्थामा छत खसेर विद्यार्थी घाइते भएको बताइएको छ । स्थानीय धनबहादुर केसीले सामाजिक सञ्जालमा फोटो राखेर छत खसेर बिद्यार्थी घाइते भएको जनाएका छन् । उनले केही बिद्यार्थीलाई चोट लागेको बताएपनि घाइते बिद्यार्थीका विषयमा भने विवरण दिएका छैनन् ।

बिद्यार्थी घाइते भएको सम्बन्धमा खजुरा गाँउपालिका शिक्षा शाखाले भने अनविज्ञता प्रकट गरेको छ । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले आफुलेपनि सामाजिक सञ्जालबाट छत खसेको जानकारी पाएको बताए । उनले छत खस्ने अवस्था बारे बिद्यालयका प्रअ र व्यवस्थापन समितिबाट शाखालाई कुनै जानकारी नआएको बताउँदै नयाँ भवनका लागि बजेट पार्न दवाव दिन छत खसेको हल्ला चलाइएको हुन सक्ने बताए ।

विद्यालयका प्रधानाध्यापक दानबहादुर बीसीले भने शिक्षा शाखालाई जानकारी गराइएको दाबी गरेका छन् । उनले छतबाट ढलानका टुक्राहरु खसेर कम्तीमा ५ जना बिद्यार्थी घाइते भएको बताए । २ जनाको खुट्टामा र ३(४ जनाको शरिरका बिभिन्न भागमा ढलानका टुक्रा खसेको उनले बताए । स्रोत: खबर हब

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार