मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेको जानकी गाउँपालिकाको गाउँसभा सम्पन्न: ४६ करोडको बजेट प्रस्तुत

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ छुट्याइएको
७ असार २०८०, बिहीबार

बाँके । बाँकेको जानकी गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ का जानकीले ४६ करोड १० लाख ८९ हजार ६१६ रुपैयाँको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्नु भएको थियो । 

सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएको छ । शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ कुल २० करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ जानकीले १ करोड ६९ लाख पचास हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि शाखाका लागि ४१ लाख ५० हजार रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

यस्तै पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख, वन वातावरण तथा विपततर्फ छब्बिस लाख र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँसभाको समापन अध्यक्ष छब्बन खाँले गरेका थिए । त्यसअघि जानकी गाउँपालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । १४औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले तोकेका कार्यपालिका सदस्य एवम् प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार