मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

बासगढी नगरपालिकामा कपडा बैक स्थापना

यूथ टुडे समाचारदाता 3516+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार

बर्दिया । बर्दियाको बासगढी नगरपालिकामा कपडा बैक स्थापना गरिएको छ । बासगढी नगरपालिका र क्लोथ एण्ड फुड बैक नेपालको सहकार्यमा सो कपडा बैक स्थापना गरिएको हो । बैक स्थापना सँगै मङ्गलवार बासगढी नगरपालिका वडा नं ४ , ५ र ६ का ७ सय बढि लाई न्यानो कपडा बितरण गरिएको कपडा बैकका परिकल्पनाकार तथा अध्यक्ष कमल जिसीले बताए । आफ्नो घर टोल र समाज सफा राखौ । कोही कपडा विहीन नरहून् भन्ने मूल उद्देश्यका साथ देशभरका स्थानीय तह सँगको सहकार्यमा कपडा बैक स्थापनाको लक्ष्य रहेको जिसीले बताए । उनले हाल सम्म नेपाल भरका ९८ वटा पालिकाहरूमा बैक स्थापन गरि सञ्चालनमा रहेको जानकारी दिए । ‘पुनःप्रयोग महाअभियान’ले देशको धुकुटी जोगाउन र देश सफा गर्न सहयोग गरोस् भन्ने मेरो चाहना रहेको उनको भनाई छ ।

उनले हुनेले दान गर्ने नहुनेले सित्तैमा लैजान पाउन भन्ने उद्देश्यले बैक सुरुवात गरिएको उनको भनाई छ । उनले भिन्न मानिसहरूले सङ्कलन गरेका कपडाहरू प्रसोधन गरेर पुन प्रयोग गरिने समेत बताए । बासगढी नगरपालिकाका प्रमुख खड्क बहादुर खड्काले पालिकाले विगत देखिनै समाजिक क्षेत्रमा बिभिन्न क्रियाकलाप गर्दै आएकोमा हाल क्लोथ एण्ड फुड बैक सँगको सहकार्यमा कपडा बैक सञ्चालन गरिएको जानकारी दिए । उनले आवश्यकता अनुसारका कपडाहरू नियमित बितरण गरिने समेत जानकारी दिए । उनले निकट भविष्यमा फुड बैक समेत सञ्चालनमा ल्याइने बताए । कार्यक्रममा बासगढी नगरपालिका की उप प्रमुख ईन्दिरा चौधरी , बिभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य , सो क्षेत्रका उद्योगी व्यवसायी सामाजिक व्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार