मुख्य समाचार
बाढीपीडितको सहयोगार्थ बाँकेमा तीज नृत्य प्रतियोगिता हुँदै, उत्कृष्टलाई नगद पुरस्कार | सुरक्षा उपकरणबिनै विद्युत् पोल मर्मतमा खटिएका कर्मचारीलाई स्पष्टीकरण | भोटेकोशी बाढी प्रभावित परिवारलाई ‘दिगो विकास तथा शान्ति यात्रा’को राहत | बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग |

बाढीपीडितको सहयोगार्थ बाँकेमा तीज नृत्य प्रतियोगिता हुँदै, उत्कृष्टलाई नगद पुरस्कार

यूथ टुडे समाचारदाता 3543+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

बाँके । नेपाली मौलिक पर्व हरितालिका तीजको अवसर पारेर बाँकेको जानकी गाउँपालिकामा सामूहिक तथा एकल खुला तीज नृत्य प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । प्रतियोगिताबाट संकलित रकम बाढीपीडितको सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ ।

बिहानी युवा क्लब तथा भैयापुर महिला समूह, बाँकेको आयोजनामा हुने प्रतियोगिता जानकी गाउँपालिका–२, बिहानी चोक (परसपुर–घाघरा सडकखण्ड)मा आगामी २०८३ साल भदौ २७ गते शनिबार आयोजना हुनेछ। प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुने कार्यक्रम संयोजक पदम बिष्टले जानकारी दिनु भयो ।

आयोजकका अनुसार प्रतियोगितामा सामूहिक र एकल दुवै विधामा सहभागी हुन सकिनेछ । सामूहिक नृत्यमा बढीमा ५ मिनेट र एकल नृत्यमा बढीमा ३ मिनेट समय निर्धारण गरिएको छ। सहभागीहरूले तीजको प्रकृतिअनुसारको भेषभूषा अनिवार्य रूपमा लगाउनुपर्ने तथा गीतको समयभित्रै प्रस्तुति सम्पन्न गर्नुपर्ने नियम राखिएको छ ।

प्रतियोगितामा सामूहिकतर्फ प्रथम हुने समूहले रु. १५ हजार, द्वितीयले रु. १० हजार र तृतीयले रु. ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी एकलतर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः रु. १० हजार, ५ हजार र २ हजार ५०० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

 सामूहिकतर्फको दर्ता शुल्क रु. १ हजार ५०० र एकलतर्फ रु. १ हजार तोकिएको छ। प्रतियोगिताका लागि भदौ १५ गतेदेखि २५ गतेसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

 'मनोरञ्जनसँगै मानवीय सहयोग’

तीजलाई केवल मनोरञ्जन र सांस्कृतिक उत्सवमा सीमित नराखी विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। प्रतियोगिताबाट संकलित रकम बाढीपीडितका लागि सहयोग गरिने भएकाले सहभागी तथा दर्शकलाई कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोजकले आग्रह गरेको छ।

आयोजकले ‘परम्परा र संस्कृति, समाजको अमूल्य गहना’ भन्ने भावनालाई आत्मसात् गर्दै स्थानीय कला, संस्कृति र मौलिक तीज गीत–नृत्यको संरक्षण तथा प्रवर्द्धनमा समेत कार्यक्रमले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

साथै, हालैका बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार