मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |
मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |


जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
३१ असार २०८३, बुधवार

बाँके  ।  बिभिन्न ७ बुदे प्रतिबद्धता ब्यक्त गर्दे जानकी गाउँपालिका बाँकेको आ.व. २०८२/०८३ को अन्तिम चौमाकि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा २०८३ असार ३१ गते सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । 

सुनुवाइमा नागरिकहरुले गाउँपालिकाको विकासप्रति चिन्ता ब्यक्त गर्दै गाउँपालिका प्रतिनिधिहरुलाइ विकास निर्माणको विषयमा बिभिन्न प्रश्नहरु राखेका थिए । गाउँपालिका भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो, सडक तथा नाला निर्माणमा गाउँपालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुने । बाटो घाटो, सडक र पुलको समस्या संगै स्वास्थ्य, शिक्षाको गुर्णस्तर, सामाजिक विकास, लक्षित वर्ग उत्थानका कार्यक्रम लगायतको विषयमा नागरिकहरुले जनप्रतिनिधि तथा कर्मचारीलाइ प्रश्न गरेका थिए । जानकी गाउँपालिकाको प्रांगणमा भएको सार्वजनिक सुनुवाईमा प्रश्न गर्ने अधिकाँस सहभागिहरुले पालिकाको सामाजिक विकास, बाटो, घाटो, सडक र पुल पुलेसा, नाला निर्माण लगायतका विषयमा प्रश्न राखेका थिए । पालिकाले हरेक वर्ष वजेटको धेरै हिस्सा बाटो घाटो र सडकमै लगानी गर्दै गएको भएपनि अझैं धेरै ठाउँहरुमा बाटो, सडक नालाको समस्या कायमै रहेको नागरिकहरुको भनाइ थियो । 

नागरिकहरुले उठाएका सवालहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष छब्बन खाँले पालिका भित्रका सबै टोल तथा बस्ति जोड्ने गरि बाटो तथा सडक निर्माणमा गाउँपालिका लागिपर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय परशुराम उपाध्यायले विकास हुन बाँकी विषयलाइ आगामी वर्ष प्राथामिक्तामा राखेर काम गर्ने बताए । उनले भने “सबै विकास एकै पटकमा सम्भव हुदैन आवश्यक्ताको आधारमा क्रमागत रुपले विकास हुर्दै जान्छ बाँकी कामहरु आगामी दिनमा गर्ने योजना बनाएर अगाडी बढेका छौं ।” 

सार्वजनिक सुनुवाइमा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, वडा अध्यक्षहरु र बिभिन्न शाखाका शाखा प्रमुखले सहभागिहरुले गरेको प्रश्नको जवाफ दिएका थिए । सुनुवाइमा उठेका सवालहरुलाई समेटेर ७ बुदे साझा सार्वजनिक प्रतिवद्धताको घोषण गरिएको छ । ब्यक्त गरिएका प्रतिवद्धताहरुमा सरकारले प्राथामिकरणमा राखेको प्रविधिमैत्री स्थानीय तहको अवधारणलाइ सहयोग पुग्ने गरी गाउँपालिका र मातहतका वडाको हाजीरी, दर्ता चलानी लगायत सेवालाइ आगामी आ.व. बाट अनलाइन मार्फत सञ्चालनमा ल्याउने, वडा नं. ६ को मस्जिदमा सञ्चालित योजना लगायत केही योजनाको काम सम्पन्न हुँदा समेत भुक्तानी नभएको गुनासो आएकाले सम्पन्न फाइलको भुक्तानी यथासक्य आगामी आ.व. मा भुक्तानी गर्ने ब्यवस्था मिलाउने, गाउँपालिकाभित्र रहेका सामुदासयक विद्यालयहरुको शैक्षिक गुर्णस्तर सुधारका लागि कम्जोर देखिएका सूचकहरुलाइ ध्यानमा राखी काम गर्ने र नियमित अनुगमन गर्ने, गाउँपालिका भित्र रहेको खानेपानी समस्या सम्बन्धि गुनासोको खानेपानी, सरसफाइ कार्यबिधि अनुरुप प्राथामिकिकरणको आधारमा समाधान गर्दै लैजाने, सिचाइ समस्या समाधानका लागि आगामी आ.व. को भदौ महिनाभित्र टेण्डर आवहान गर्ने, पुर्वाधार विकास अन्तर्गत गुरुवा गाउँदेखि बनिया गाउँसम्मको सडकको गुर्णस्तर सुधारमा ध्यान दिने तथा आगामी आ.व. मा थप वजेट बिनियोजनका लागि पहल गर्ने, पालिकाभित्र सरसफाइ अभियानलाइ थप प्रभावकारी बनाउने, कार्यालयको सेवा प्रवाहमा सेवाग्राहिमैत्री ब्यबहार र वातावरण सिर्जना गर्ने रहेका छन् । 

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा गाउँपालिकाले यस आ.व.मा गरेको कार्यक्रम तथा उपलब्धिहरुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले स्वागत संगै नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए । सुनुवाइमा २०० जना स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार