मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अस्वस्थ जीवनशैलीका कारण बाँकेका ४५ प्रतिशत पत्रकारमा मुटु रोगको जोखिम

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

नेपालगन्ज । अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारहरू मुटु रोगको जोखिममा परेका छन्। नेपाल पत्रकार महासङ्घ बाँके, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वयमा भेरी अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क ‘मुटु जाँच शिविर’मा गरिएको स्वास्थ्य परीक्षणमा यस्तो तथ्य बाहिर आएको हो।

७७ जना पत्रकारमध्ये करिब ४५ प्रतिशतमा कोलेस्ट्रोल उच्च देखिएको भेरी अस्पतालका प्रमुख कार्डियोलोजिष्ट डा. कृष्ण अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार धेरै पत्रकारमा उच्च रक्तचाप र सुगरको समस्या पनि भेटिएको छ।

डा. अधिकारीले अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली मुटुका मुख्य शत्रु भएको भन्दै व्यायाम, धूम्रपान–मद्यपान त्याग र फाइबरयुक्त हरियो तरकारी तथा फलफूलको सेवन गर्न सुझाव दिनुभयो।

डा. विकास नेपालले शरीरमा कोलेस्ट्रोल बढेमा हृदयाघातको जोखिम बढ्ने बताउँदै समयमै सचेत रहन आग्रह गर्नुभयो ।

स्व. पन्नालाल गुप्ताको ९७औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त शिविरको उद्घाटन पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले गर्नुभएको थियो। उहाँले “पत्रकारको मुटु बलियो, मन स्वच्छ र कलम निष्पक्ष हुनुपर्छ” भन्दै स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदी, प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृति ढकाल, प्रतिष्ठान अध्यक्ष विजय गुप्ता लगायतले नियमित स्वास्थ्य जाँच र स्वस्थ जीवनशैली अपनाउने सन्देश दिनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार