मुख्य समाचार
७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो | नरैनापुरको स्वास्थ्य सेवा प्रभावकारी बन्दै, जिल्लामा तेस्रो | भोटेकोशी बाढीका मृतक परिवारलाई सहयोग गर्ने बाँकेका आठ स्थानीय तहको निर्णय, विपद् व्यवस्थापनमा संयुक्त संयन्त्र बनाइने | बाढीपीडितको सहयोगार्थ बाँकेमा तीज नृत्य प्रतियोगिता हुँदै, उत्कृष्टलाई नगद पुरस्कार | सुरक्षा उपकरणबिनै विद्युत् पोल मर्मतमा खटिएका कर्मचारीलाई स्पष्टीकरण | भोटेकोशी बाढी प्रभावित परिवारलाई ‘दिगो विकास तथा शान्ति यात्रा’को राहत | बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण |

नरैनापुरको स्वास्थ्य सेवा प्रभावकारी बन्दै, जिल्लामा तेस्रो

यूथ टुडे समाचारदाता 3546+ समाचार ( )
२६ भाद्र २०८३, शुक्रबार

बाँके । स्वास्थ्य सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनमा बाँकेको नरैनापुर गाउँपालिका जिल्लाका स्थानीय तहमध्ये तेस्रो उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा नरैनापुरले ६९ दशमलव ८९ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा उत्कृष्ट स्थानीय तहलाई सम्मान गरिएको हो । मूल्याङ्कनमा डुडुवा गाउँपालिका ७३ दशमलव ७ अंकसहित पहिलो र जानकी गाउँपालिका ७० अंकसहित दोस्रो भएका छन् ।

नरैनापुरले सीमित स्रोतसाधन र भौगोलिक तथा सामाजिक चुनौतीका बीच स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै आएको छ । स्वास्थ्य सेवाका विभिन्न सूचकमा गरेको प्रगतिको आधारमा प्राप्त उपलब्धिले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको निरन्तर प्रयासलाई प्रतिबिम्बित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार स्थानीय तहको स्वास्थ्य सेवा तथा कार्यक्रमको कार्यसम्पादन मूल्याङ्कन गर्दा २८ वटा स्वास्थ्य सूचकलाई आधार बनाइएको थियो । स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा प्राप्त उपलब्धिलगायतका सूचकका आधारमा स्थानीय तहको मूल्याङ्कन गरिएको उहाँले जानकारी दिनुभयो ।

नरैनापुर गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ग्रामीण तथा सेवाबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास गर्दै आएको छ । गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा, नियमित खोप, गाउँघर क्लिनिक, मातृ तथा शिशु स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

भौगोलिक रूपमा दुर्गम तथा सीमावर्ती क्षेत्रसमेत रहेको नरैनापुरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु चुनौतीपूर्ण मानिन्छ । यस्तो अवस्थामा स्वास्थ्यका सूचकमा तेस्रो स्थान हासिल गर्नु पालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले स्वास्थ्य संस्थाको सेवा सुदृढीकरणसँगै सेवाबाट वञ्चित तथा पहुँचमा कठिनाइ भएका बस्तीलाई लक्षित गरी स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ । स्वास्थ्यकर्मीको परिचालन, नियमित स्वास्थ्य शिविर तथा समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ ।

यसैगरी जिल्लामा राप्तीसोनारी गाउँपालिका चौथो, खजुरा गाउँपालिका पाँचौँ, कोहलपुर नगरपालिका छैटौँ, बैजनाथ गाउँपालिका सातौँ र नेपालगञ्ज उपमहानगरपालिका आठौँ स्थानमा रहेका छन् ।

यसअघि स्वास्थ्य सेवामा पछाडि परेको मानिने क्षेत्रका रूपमा चित्रित हुँदै आएको नरैनापुरले स्वास्थ्यका विभिन्न सूचकमा सुधार गर्दै तेस्रो स्थान हासिल गर्नु स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको संकेतका रूपमा लिइएको छ । आगामी दिनमा स्वास्थ्य संस्थाको पूर्वाधार, जनशक्ति र औषधि व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सेवाको गुणस्तर अभिवृद्धि गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

बुधबारदेखि सुरु भएको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुन, प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार