मुख्य समाचार
समानुपातिक सूचीबाट डा. सैयद वकार अहमद शाह बाहिरिए, संसदीय यात्रामा अप्रत्याशित विराम | पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो | मन्त्रिपरिषद्ले गरेको राजनीतिक नियुक्ति र सिफारिसप्रति चौतर्फी विरोध | रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व | एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुंगो लगायो | मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन | उढरापुर प्रतिक्षालयमै खुलेआम लागुऔषध कारोबार | जानकी–३ स्वास्थ्य चौकीमा २४ घण्टा प्रसूति सेवा सुरु गर्ने तयारी | कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ | कथ्था फ्याक्ट्रीको फोहोर पानी नहरमा मिसिँदा संकट : दुर्गन्धले जनजीवन कष्टकर, पशुपन्छीको ज्यानसमेत जोखिममा |

सामाजिक ब्यवहार परिवर्तनका लागि युवा परिचालन गरिने

महमूद आलम खान 1132+ समाचार ( )
चन्दननाथ नगरपालिका जुम्लामा सामाजिक ब्यवहार परिवर्तन तथा कोभिड १९ बिरुद्ध सचेतना अभियान सञ्चालनका लागि युवा परिचालन गरिने भएकोछ ।
१२ पौष २०७८, सोमबार

जुम्ला । चन्दननाथ नगरपालिका जुम्लामा सामाजिक ब्यवहार परिवर्तन तथा कोभिड १९ बिरुद्ध सचेतना अभियान सञ्चालनका लागि युवा परिचालन गरिने भएको छ ।  

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत विकासका लागि सञ्चार कार्यक्रम अन्तरगत आज युवा समुह गठन गरि क्षमता अभिबृद्धीकालगि एक दिने अभिमुखिकरण गरिएको छ । 

चन्दननाथ नगरपालिकाले सञ्चालन गरिरहेको शतप्रतिशत कोभिड १९ खोप अभियानमा सहयोग गर्ने, नगरपालिका तथा बिद्यालयहरुमा ब्यवहार परिवर्तनकालागि अभियान सञ्चालन गर्ने, मास्क अभियानलाई तिब्रता दिने, बालवालिका तथा महिलाहरुको संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गने उद्धेश्यले युवा समुह गठन गरिएको हो । 

अभिमुखिकरणमा कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय, जनस्वास्थ्यका मापदण्डहरुको सहि पालना, ब्यवहार परिवर्तनका लागि युवाहरुको भुमिका, प्रभावकारी सञ्चार लगायतका विभिन्न बिषयमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा बाल संरक्षण, लैगिक हिंसा न्युनीकरण तथा चन्दननाथ नगरपालिका महिला तथा वालवालिका शाखाले गरिरहेका क्रियाकलापका बिषयमा महिला तथा वालवालिका शाखा प्रमुख पुष्पा थापाले जानकारी गराएका थिए । 

अभिमुखिकरया पश्चात सहभागि युवाहरुले कोभिड १९ बिरुद्धको अभियान, प्रभावकारी सञ्चार तथा ब्यवहार परिवर्तनका बिषयमा सिकेको कुरालाई अभियानको रुपमा समुदायमा लैजाने बताएका छन् । आवश्यकता अनुसार जुनसुकै समयमा पनि काम गर्न तयार रहने युवाहरुले प्रतिबद्धता गरेका थिए । 

चन्दननाथ नगरपालिकका १४ जना युवाहरुको सहभागिता रहेको अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत धिरेन्द्र बहादुर भामले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार