मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कैलालीको ३ पालिकामा रेशम चौधरीको पार्टीको अग्रता

महमूद आलम खान 1133+ समाचार ( )
निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ ।
३१ वैशाख २०७९, शनिबार

कैलाली । जेल रहेका नेता रेशमी चौधरीको पार्टीले कैलालीको ३ पालिकामा अग्रता लिइरहेको छ । नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको हो ।

निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ ।

यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पछि पारेका छन् ।

टीकापुर नगरपालिकामा चार हजार ४४९ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १४९० मत ल्याएर अग्रस्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका नवराज रावलले ७८१ र नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका छन् ।

उपमेयरमा नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी बिकले ११८७ मत ल्याएर अग्रता कायम राखेकी छन् भने उनलाई पछ्याइरहेकी माओवादी केन्द्रका खडक शाहले ९४५ र एमालेकी उपमा केसी ५५२ मत ल्याएकी छन् ।

जोशीपुर गाउँपालिकामा दुई हजार ४१९ मतको गणना सकिदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ६४९ र उपाध्यक्षमा रेखा कठरियाले ६६७ मत पाएका छन् । अध्यक्षमा पदमा दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवारले ६२४ र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ४८४ मत पाएका छन् ।

भजनी नगरपालिकामा २९२८ मत गणना हुँदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ८१२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवारले ८०२ र माओवादी केन्द्रका उम्मेदवारले ७२० मत पाएका छन् ।

भजनी नगरपालिकामा २९२८ मत गणना हुँदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ८१२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवारले ८०२ र माओवादी केन्द्रका उम्मेदवारले ७२० मत पाएका छन् ।

उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६९६ मत पाएका छन् भने एमाले उम्मेदवारले ८४१ र माओवादीका उम्मेदवारले ५४७ मत पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार