मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कडा सुरक्षाका बिच बाँकेमा दुर्गा मुर्तिको बिसर्जन, नरैनापुरका अध्यक्ष शाहद्वारा धन्यवाद ज्ञापन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
८ कार्तिक २०८०, बुधवार

बाँके । बाँकेको नेपालगंज र नरैनापुरमा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । केहि दिन पहिला फेसबुकमा इस्लाम धर्मका प्रवर्तक मोहम्मदका बिरुद्धमा लेखिएको स्टाटसका कारण दुई समुदायबीच नेपालगञ्जमा विवाद उत्पन भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मुर्ति विसर्जन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल जानकारी दिए । 

मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षाव्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । 

उहाँले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको बताए । ती स्थानमा १२ घण्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ । सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ । 

भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक काम बाहेक आज एक दिनका लागि आउन कडाइ गरिएको थियो ।

जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्रप्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको थियो ।

नेपालप्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिएको र दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स समूह तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले भनाई थियो ।सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्रप्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्लासुरक्षा समिति बाँकेले जनाएको छ । कडा सुरक्षाका कारण शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन गरी यहाँको राप्ती नदी सार्वसाधारणहरु घर फर्किएका छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार