मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२८ चैत्र २०८२, शनिबार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका अधिकार खोसिए सह्य नहुने चेतावनी दिएका हुन्।

उनले वर्तमान सरकारले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने बताए। तर, संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पुर्‍याउने वा जनताको हक अधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने स्पष्ट पारे।

विशेषगरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उनले शतर्क रहन आग्रह गरे। उनले आफूहरु संविधान संशोधनको विरोधी नभएको तर संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न र संघीयतालाई बलियो बनाउनका लागि हुनुपर्ने बताए।

हालै सम्पन्न निर्वाचनलाई ‘असामान्य र असाधारण’ संज्ञा दिँदै उनले निर्वाचन परिणामबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको उल्लेख गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार