मुख्य समाचार
भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै |

सप्तरीमा कुस्ती स्टेडियम बनाउने डा. दिपक चौधरीको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3536+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं। उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी–२ का उम्मेदवार डा. दिपक चौधरीले कुस्ती खेलको संरक्षण, विकास र व्यवसायीकरणका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीमा सोमबार आयोजित कुस्ती प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले सप्तरीमा मध्यम स्तरको कुस्ती स्टेडियम निर्माण आवश्यक रहेको औँल्याए। “कुस्ती मधेशको शान हो, र यो छिन्नमस्ताको पहिचान पनि हो,” उनले भने, “यसको दिगो विकासका लागि पूर्वाधार अपरिहार्य छ।”

डा. चौधरीले आफू निर्वाचित भए कुस्ती स्टेडियम निर्माणका लागि पूर्ण प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार यस्तो संरचनाले छिन्नमस्ता मात्र नभई समग्र सप्तरीको खेलकुद, पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।

समापन समारोहमा पहलमानहरूसँग हात मिलाउँदै उनले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न आफू अग्रसर रहने बताए। कुस्तीलाई परम्परागत खेलको सीमाबाट बाहिर निकालेर व्यावसायिक क्षेत्रतर्फ उन्मुख गरिनुपर्ने उनको धारणा थियो।

स्थानीयस्तरमा लोकप्रिय कुस्ती खेललाई संस्थागत रूप दिन पूर्वाधार, प्रशिक्षण र नियमित प्रतियोगिताको आवश्यकता रहेको भन्दै उनले राज्यस्तरबाट समेत सहयोग जुटाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार