मुख्य समाचार
जनकपुरबाट काठमाडौं पैदल मार्चमा निस्किए मिटरब्याज पीडित | टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ | चालु आर्थिक वर्षको बजेट खर्च ७८ प्रतिशत मात्र, पुँजीगत ४० प्रतिशतमा सिमित | मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त | देशभरका सबै स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन | र्जेन्टिनाको उत्कृष्ट कमब्याक, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश | फेसबुकमा मन्त्रीको आलोचना गर्दा स्वास्थ्यकर्मी पक्राउ | नेपालगञ्जले खोजेको नेतृत्व : किन मेयरका लागि उपयुक्त देखिन्छन् मोहम्मद सफिक बेहना ? | कार्यपालिका सदस्य श्रीवास्तवको निधनप्रति नरैनापुर गाउँपालिकाद्वारा शोक व्यक्त, सोमबार शोक बिदा | बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड |

नाइरोबी फ्लाई जटिल समस्या होइन - डा. ढकाल

यूथ टुडे समाचारदाता 3473+ समाचार ( )
विगतमाभन्दा अलि बढी यसपाली देखिएको हो । डरलाग्दो र भयानक रोग भने होइन ।’
२५ असार २०७९, शनिबार

झापा । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ ।

हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए ।

उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै जटिल समस्यासमेत नआएको जानकारी दिए । ढकालले भने, ‘छाला रोगको विशषेज्ञ भएर सेवा दिएको १७ वर्ष भयो, प्रत्येक वर्ष यो समस्या देखा पर्छ । विगतमाभन्दा अलि बढी यसपाली देखिएको हो । डरलाग्दो र भयानक रोग भने होइन ।’

‘हामी यसलाई पेडेरस डर्माटाइटिस भन्छौँ’, उनले भने, ‘यो नाइरोबी फ्लाई नामक किराले नटोके पनि मानिसको शरीरमा लत्पतिएपछि निस्कने पिपका कारण पनि आउँछ । देख्नेबित्तिकै सफा पानीले धोएमा कुनै एलर्जी पनि हुँदैन ।’

डा ढकालले किराले सङ्क्रमण गराइहालेमा पनि नआत्तिने र बढी चिलाए वा पोलेमा नजिकको स्वास्थ्यचौकी वा छाला रोग विशेषज्ञलाई तुरुन्त देखाउन आग्रह गरे ।

उनले विगतमा भन्दा मानिसमा स्वास्थ्यको चेतनास्तर वृद्धि भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका कारण सानो समस्या देखिनेबित्तिकै बढी आत्तिने गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार