मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

जेष्ठ नागरिकहरुलाई नेपालगंज ६ को कम्मल कोसेली

महमूद आलम खान 1133+ समाचार ( )
वडा सचिव मादन बहादुर रावतले अत्यधिक चिसो बढेकोले यहाँका जेष्ठ नागरिक निकै प्रभावित छन्
१६ माघ २०७८, आइतबार

बाँके । चिसो बढ्दै गए पछि नेपालगज उपमहानगरपालिका वडा नं. ६ ले जेष्ठ नागरिक हरुलाई कम्मल कोसेली दिएको छ । नेपालगंज ६ ले वडामा रहेका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई चिसोमा न्यानो गर्नका लागी एक एक वटा कम्मल दिएको हो ।

नेपालगंज ६ मा रहेका २ सय ५६ जना जना मध्य पहिलो दिन ४० जनालाई कम्मल कोसेली दिएको वडा अध्यक्ष समिर प्रताप सिहंले बताउनु भयो । उहाँले प्राय जसो वडाको बिभिन्न टोलमा जादा चिसोको समयमा सबै भन्दा बढी जेष्ठ नागरिकलाई समस्या हुने गरेकोले उहाँहरुको सम्मान स्वरुप एक एक कम्मल कोसेली दिएको जिकिर गर्नु भयो । 

अध्यक्ष सिहंले यसका साथै बृद्धा बृद्धहरुलाई घर घरमै गएर स्वास्थ्य परिक्षणका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको जानकारी दिनु भएको थियो । 

वडा सचिव मादन बहादुर रावतले अत्यधिक चिसो बढेकोले यहाँका जेष्ठ नागरिक निकै प्रभावित छन् । सानै भए पनि न्यानो प्रदान गर्न कम्मल बाँडेका हौँ।’ अत्यधिक चिसो भइरहेको बेला वडाले कम्मल वितरण गरेकोमा जेष्ठ नागरिक निकै खुसी भएका छन्। उनीहरुले पछिल्लो समयमा स्थानीय सरकारले गरेको सम्मान निकै सह्रानीय रहेको बताए । यस्तै सचिव रावतले भन्नुभयो, ‘जेष्ठ नागरिक समाजका प्रतिबिम्ब हुन् । समाज रुपान्तरणमा सहमागी इतिहासको मार्ग पनि हुन् । एक कुशल अभिभावक पनि । ती अभिभावकको संरक्षण, सम्मान गर्ने दायित्व पछिल्लो पिढिको काँधमा आइपुगेको छ । त्यो जिम्मेवारी स्थानीय सरकारले थोरबहुत भए पनि पूरा गरेको छ ।’ आगामी दिनहरुमा जेष्ठ नागरिकमैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

वडाले कम्मल कोसेली दिए पछि सबै जेष्ठ नागरिकको अनुहारमा खुशी देखिएको थियो । कम्मल लिन आएका बृद्धबृद्धाहरुले भन्दै थिए, चिसोमा साह्रै समस्या हुने गरेको थियो । उहाँहरुको भनाई थियो वडा अध्यक्ष र स्थानीय सरकारको सधै भलो होस ।

जेष्ठ नागरिक नरेन्द्र भद्र शाहले भन्नुभयो,हाम्रा लागी त सरकार नै भगवान छन् । हामी जस्ता बेसहारहरुका लागी उपचारका लागी घरमा डाक्टर बोलाउन्छन् , चिसोमा कम्मल दिएको छ, भत्ता पनि घर घरमा दिदै आएको बताउनु भयो । 

वडा सचिव रावतले वडा भरिका सबै ७० माथीका २ सय ५६ जना बृद्धबृद्धाहरु रहेको बताउँदै कोरोना संक्रमणका कारण सबै जनालाई एकै पटक कम्मल वितरण गर्न नसकेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो स्वास्थ्य मापदण्डको पालना गरेर उहाँहरु सबैलाई बितरण गरिने छ । 

यस्तै वडा सदस्य सुरेश प्रसाद सुनारले स्वागत गर्नु भएको कार्यक्रममा वडा सदस्यहरु दिपक श्रेष्ठ , सावित्री शर्मा अधिकारी, मुन्नी कोरी, वडाका कर्मचारी लगायतको सहभागितामा कम्मल वितरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार