मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
वित्तीय पहुँच र बजारीकरणबारे अन्तरक्रिया सम्पन्न
१७ असार २०८३, बुधवार

बाँके । गरिबी न्यूनीकरणसँगै स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले जानकी गाउँपालिका, बाँकेको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ उद्यमी सिर्जना, लघुवित्त पहुँच तथा बजारीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. ५ का अध्यक्ष टिकानाथ यादव, जिल्ला समन्वय समितिका सदस्य जुलफेकार  मनिहार, कार्यपालिका सदस्यहरू राजेन्द्र सिंह, राम अचल धोबी, कमला देवी यादव, योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, उद्यम विकास सहजकर्ता सावित्रा रेग्मी तथा मिलाप संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले लघुउद्यम नै स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सीप, पूँजी र बजारको पहुँच सुनिश्चित गर्न सके गरिबी न्यूनीकरणका साथै रोजगारी सिर्जनामा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले गाउँपालिकाले उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्यमीलाई आवश्यक सहजीकरण गर्ने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले उद्यमको दिगोपनाका लागि वित्तीय अनुशासन, बचतको संस्कार र लघुवित्त संस्थासँगको प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले उत्पादनसँगै बजार व्यवस्थापन र व्यवसायिक योजनालाई सुदृढ बनाउन सके उद्यमीहरू आर्थिक रूपमा सक्षम बन्ने विश्वास व्यक्त गर्नुभयो।

वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोग गर्दै उद्यमशीलतालाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले युवाहरूलाई वैदेशिक रोजगारीभन्दा स्वदेशमै उत्पादनमुखी व्यवसायमा आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।

योजना शाखा प्रमुख शोभा पौडेलले लघुउद्यम विकास कार्यक्रमले नयाँ उद्यमी उत्पादन गर्नुका साथै उनीहरूको उत्पादनलाई बजारसँग जोड्ने, वित्तीय पहुँच विस्तार गर्ने र आयआर्जनमा वृद्धि गर्ने लक्ष्य राखेको बताउनुभयो। उहाँले स्थानीय तह, सरोकारवाला निकाय र उद्यमीबीचको समन्वयले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उल्लेख गर्नुभयो।

कार्यक्रममा मिलाप संस्थाले लघुउद्यमीहरूले उत्पादन गरेका विभिन्न स्थानीय सामग्रीहरूको प्रदर्शनीसमेत आयोजना गरेको थियो। प्रदर्शनीमा राखिएका सामग्रीले स्थानीय उद्यमीहरूको सिर्जनशीलता, उत्पादन क्षमता र बजार सम्भावनालाई उजागर गरेको सहभागीहरूले बताएका थिए।

गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय नागरिकलाई उद्यमशीलतातर्फ आकर्षित गर्दै उत्पादन, रोजगारी र आर्थिक आत्मनिर्भरताको आधार बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार