मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

लैंगिक हिंसा अन्त्यका लागि निरन्तर लाग्ने छु - उपाध्यक्ष थारु

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत राप्ती सोनारीमा सडक नाटक प्रर्दशन गरिएको छ ।
२१ मंगशिर २०७९, बुधवार

राप्ती सोनारी । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत राप्ती सोनारीमा सडक नाटक प्रर्दशन गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरमा उक्त नाटक प्रर्दशन गरिएको हो ।

राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिसासिंह थारुले विश्वभरि नै महिला हिंसा बढिरहेको सन्दर्भमा लैंगिक हिंसा अन्त्यका लागि सबैले व्यक्तिगत र सामूहिकरुपमा निरन्तर लाग्नुपर्नेमा जोड दिनु भएको थियो । उहाले “लैंगिक हिंसाको अन्त्यका लागि विश्वका १६८ देशमा कानुन निर्माण भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाको समन्वय र सहकार्य हुनुपर्ने” जिकिर गर्नु भयो । उपाध्यक्ष थारुले राप्ती सोनारीमा महिला माथि हुने बिभेदको अन्त्यका लागि स्थानीय नागरिकहरु संग छलफल गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

उपाध्यक्ष थसरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य केशव परियार, राप्ती सोनारी गाउँपालिका स्तरिय मानव अधिकार सञ्जालका अध्यक्ष धनी ओली लगायतले हिंसा अन्त्यका लागि सबैको हाथेमालो हुन जरुरी रहेको धारणा राख्नु भएको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत गाउँपालिकामा विभिन्न कार्यक्रमहरु चलिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार