मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

“राज्यको उदासिनताले विपिन फर्किन पाएनन” — नेपालगञ्जमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

बाँके । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीको नेतृत्वमा इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको सम्झनामा नेपालगञ्जमा बुधबार साँझ त्रिभुवन चौकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

साँझ ५ः३० बजे सुरु भएको कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि र स्थानीय युवाहरूको उपस्थितिमा जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

पूर्व आयुक्त मोहना अन्सारीले भनिन्,“विपिन जोशीको जीवन जोगाउन सकिने अवस्था थियो, तर राज्यको कूटनीतिक उदासिनता र ढिलासुस्तीका कारण उनको ज्यान गयो । नागरिकको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्छ ।”

लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारी लाल यादवले भने,“एक नेपाली युवा अन्तर्राष्ट्रिय आतङ्ककारी समूहको सिकार हुँदा पनि राज्य मौन रह्यो, यो गम्भीर लापरवाही हो। अब यस्तो अवस्था कहिल्यै नदोहोरोस् भन्ने हाम्रो आग्रह हो ।”

मानव अधिकारकर्मी रुबि खानले भनिन्,“विपिन जोशीको बलिदानले हामीलाई मानवता र शान्तिको पक्षमा अझै दृढ बनाएको छ । हामी न्यायको आवाज निरन्तर उठाइरहनेछौं ।”

अधिकारकर्मी एंव पत्रकार आलम खानले भने,“सामान्य नागरिकका हकहितका विषयमा समेत राज्य संवेदनशील हुन नसक्नु दुःखद् हो। विपिनको सम्झनामा जलाइएको यो दीप न्याय र मानवताको प्रतीक हो ।”

टिएस ठकुरीले भने,“विपिनले बाँच्न पाएनन्, तर उनको सम्झनाले हामीलाई देश र मानवताको पक्षमा बोल्ने साहस दिएको छ।”

कार्यक्रममा उपस्थित युवाहरूले दीप प्रज्वलन गर्दै “शान्ति, न्याय र मानवता” का नाराहरू दिएका लगाएका थिए ।

जोशीको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले राज्यसत्तालाई नागरिकको सुरक्षाप्रति जिम्मेवार बन्न र विपिन जोशीप्रति उचित सम्मानका साथ राष्ट्रिय स्तरमा श्रद्धाञ्जली कार्यक्रम गर्न माग गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार