मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूललाई गण्डकी स्टार सीजन- ५ को उपाधि

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
६ अशोज २०८१, आइतबार

पोखरा । विगत लामो समयदेखि निरन्तर रुपमा कार्यक्रम गरि ख्याती कमाउन सफल नन्द इन्टरटेन्मेन्ट हाउस पोखराको आयोजना र इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्सको सहयोगमा गण्डकी स्टार सिजन - ५ ग्रान्ड फिनाले सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ पोखरामा आयोजित कार्यक्रममा गण्डकी स्टार सीजन ५ को उपाधि डाईमण्ड सेकेन्डरी बोडिङ्ग स्कूल लेखनाथ तालचोक मा अध्ययनरत विद्यार्थी श्रेया श्रीस मगरले जितेकी छिन्। र गायन तर्फ कुश गरुङ्गले उपाधि जितेका छन् । 

गायन क्षेत्रमा फर्स्ट रनरअप: झलक गुरुङ्ग, सेकेण्ड रनरअप: ईञ्जिनियर, अनिल ढुङ्गाना, थर्ड रनरअप: दीपक सुनार, फोर्थ रनरअप: अमृता तामाङ्ग रहेका छन् । त्यसैगरी नृत्य क्षेत्रमा फर्स्ट रनरअप: इलीस्पा गौतम, सेकेण्ड रनरअप: स्वस्तिका तामाङ्ग, थर्ड रनरअप: स्विकृती गुरुङ्ग, फोर्थ रनरअप: शकुन्तला अधिकारी भएकी हुन । सबैलाई विभिन्न गीत सङ्गीतमा अवसर सँगै उपहार पनि प्रदान गरिएको थियो ।

डान्स तर्फ निर्णायक भूमिकामा ईस्वर् वल्लभ उप्रेती, पूजा ठाकुर, माया गुरुङ रहेका थिए । त्यसैगरि गायन तर्फ करन तामाङ्ग, दिल कुमारी खाँड, आरजु बिष्ट सल्यानी, सोना अमात्य लगायत निर्णायक भुमिकामा थिए ।

उक्त कार्यक्रम मा सीजन कै उत्कृष्ट कोरियोग्राफर सम्मान् समृद्धि पाण्डे लाई गरिएको थियो भने उत्कृष्ट अविभावक सम्मान लक्ष्मी शर्मा लाई प्रदान गरिएको थियो ।

आयोजित कार्यक्रममा प्रमूख अतिथि एसएसपी धुर्व राज राउत र समीर थापाको अध्यक्षतामा शनिबार सम्पन्न भएको थियो । सो कार्यक्रममा समाजसेवी , बुद्धिजीवी, कलाकार , संचारकर्मी, सुरक्षाकर्मी , विद्यार्थी लगायत अभिभावकहरुको समेत बाक्लो उपस्थित रहेको आयोजक टिमले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार