मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |

गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गरिदै

यूथ टुडे समाचारदाता 3464+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

बाँके १५ मंसिर । बर्दियाको गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका वडाहरुलाई विभिन्न प्रक्रिया पुरा गरेर बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर ९ र १० लाई पनि शुक्रवार बालविवाहमुक्त वडा घोषित गरिएको हो । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा आयोजित एक भव्य समारोहमा गुलरिया नगरपालिकाको वडा नम्बर ९ र १० लाई पनि औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत हालसम्म नगरपालिकाका १२ मध्ये ११ वटा वडालाई बालविवाहमुक्त घोषित गरिसकिएको बताउनुभयो । अब वडा नम्बर २ मात्र घोषित हुन बाँकी रहेको जनाउँदै प्रमुख संरक्षक सिद्दिकीले सो वडा पनि डिसेम्बर महिना भित्र घोषित गर्ने तयारीका साथ काम भइरहेको बताउनुभयो । 

वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद पासवानको अध्यक्षतामा भएको कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले नगरपालिकाका ११ वटा वडालाई बालविवाहमुक्त घोषणा गर्न सकिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सो कार्यमा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपप्रति आभार व्यक्त गर्नुभयो । 

वडा नम्बर ९ र १० लाई घोषित गर्ने कार्यक्रममा गुलरियाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले गुलरिया नगरपालिकालाई छिटै बालविवाह मुक्त पालिका घोषित गर्ने लक्ष्यका साथ वडा नगरपालिकाभर बालविवाह उन्मूलनका लागि काम गरिएको जिकिर गर्नु भएको थियो । 

गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहले बालविवाह न्यूनीकरणका लागि सरकार र संस्थागत प्रयासहरू बारे प्रकाश पार्दै विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो भने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बर्दिया जिल्लामा बालअधिकारको विकासमा सरोकारवालाहरूको अमूल्य योगदानको चर्चा गर्नुभयो । सो समारोहमा सहभागि ६०० बढीलाई आकर्षित गर्दै जीवन्त सांस्कृतिक प्रदर्शनहरू पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले गर्नु भएको थियो भनेसामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीले सक्रिय सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार