मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

महानगरपालिकामा भागबण्डा मिलि सकेको प्रचण्डको खुलासा

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डाबारे सहमति भएको खुलासा गरेका छन्
५ वैशाख २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डाबारे सहमति भएको खुलासा गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनमा ६ महानगरको भागबण्डा मिलेको उनले बताए ।

उनका अनुसार पाँच दलीय गठबन्धनका मुख्य चार दललाई भाग पुग्ने गरी महानगर विभाजन गरिन लागिएको छ । तीन महानगर नेपाली कांग्रेस र बाँकीलाई एक-एक सिट दिने सहमति भएको उनको भनाइ छ ।

उनले भने, ‘६ महानगरमा कांग्रेसलाई ३, माओवादी, एकीकृत समाजवादी र जसपालाई एक-एक सिट दिने लगभग सहमति भएको छ। आजै बेलुकी बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको टुंगो लगाउँछौं ।’

प्रचण्डले यही लाइनमा आफूहरु सहमति नजिक पुगेको पनि दाबी गरे । उनले भने, ‘करिब करिब हामी यहि लाइनमा निष्कर्षनजिक छौं । उपमहानगरपालिका पनि त्यही मोडलबाट टुंग्याउने तयारी छ ।’

काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादी र वीरगञ्जमा जनता समाजवादीले लिने करिब करिब सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार