मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

महानगरपालिकामा भागबण्डा मिलि सकेको प्रचण्डको खुलासा

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डाबारे सहमति भएको खुलासा गरेका छन्
५ वैशाख २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबण्डाबारे सहमति भएको खुलासा गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनमा ६ महानगरको भागबण्डा मिलेको उनले बताए ।

उनका अनुसार पाँच दलीय गठबन्धनका मुख्य चार दललाई भाग पुग्ने गरी महानगर विभाजन गरिन लागिएको छ । तीन महानगर नेपाली कांग्रेस र बाँकीलाई एक-एक सिट दिने सहमति भएको उनको भनाइ छ ।

उनले भने, ‘६ महानगरमा कांग्रेसलाई ३, माओवादी, एकीकृत समाजवादी र जसपालाई एक-एक सिट दिने लगभग सहमति भएको छ। आजै बेलुकी बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको टुंगो लगाउँछौं ।’

प्रचण्डले यही लाइनमा आफूहरु सहमति नजिक पुगेको पनि दाबी गरे । उनले भने, ‘करिब करिब हामी यहि लाइनमा निष्कर्षनजिक छौं । उपमहानगरपालिका पनि त्यही मोडलबाट टुंग्याउने तयारी छ ।’

काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादी र वीरगञ्जमा जनता समाजवादीले लिने करिब करिब सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार