मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नरैनापुरका नौ हजार पाँच सय घरधुरीलाई ग्यास सिलिण्डर र चुलो बितरण

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको नरैनापुर गाउँपालिकाले धुवाँमुक्त पालिका र स्वस्थ समाज निर्माणका लागि ग्यास सिलिन्डर र चुलो वितरण गरेको छ ।
१८ पौष २०७८, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले धुवाँमुक्त पालिका र स्वस्थ समाज निर्माणका लागि ग्यास सिलिन्डर र चुलो वितरण गरेको छ ।

नरैनापुर गाउँपालिकाले ९ हजार ५०० घरधुरीलाई ग्यास सिलिण्डर र चुलो वितरण गर्न लागेको जनाएको छ ।

पालिका वासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँ र धुलोले मानव स्वास्थ्यमा असर गर्ने गरेको छ । धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोग लगायतका रोग लाग्ने गर्छ । भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले युथ टुडे न्युजलाई जानकारी दिनु भयो ।

नरैनापुर गाउँपालिका भारतसँग सीमासमेत जोडिएको छ । मानव सूचकांकमा समेत यो गाउँपालिका कमजोर छ । यहाँ स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ । 

गाउँपालिक  अध्यक्ष इस्तियाक अहमद शाहले चुनावको समयमा गरेको प्रतिबद्धता अनुसार आइतबार एक कार्यक्रमका बीच ग्यास सिलिण्डर र चुलो वितरण गर्नु भएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले गृहिणीको स्वास्थ्य राम्रो बनाउन यो कार्यक्रमले सघाउने भन्दै पालिकामा रहेको ९ हजार ५०० घरधुरीलाई ग्यास सिलिन्डर र चुलो उपलब्ध गराउने बताउनुभयो । नौँ बुँदे सम्झौता गराएर ग्यास सिलिन्डर र चुलो बितरण गरिएको छ । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शाह, वडा अध्यक्ष मसुद अहमद शाह, लेखा अधिकृत प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार