मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

संसदमा राष्ट्रसंघका महासचिवले गरे सम्बोधन

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
१७ कार्तिक २०८०, मङ्गलबार

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रिया टुंग्याउने कार्यमा नेपाल एक्लै नरहेको बताएका छन् ।

मंगलबार नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्यायको माध्यमबाट मात्रै युद्वको घाउ निको हुने भन्दै यसलाई नाजुक र जटिल कार्यको रुपमा समेत चित्रण गरे ।

उनले भने‘ हामीलाई के कुरा थाहा छ भने संक्रमणकालिन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ। जब यो समावेशी तथा बृहत हुन्छ र यसको केन्द्रमा पीडितहरु हुन्छन्। जब यो सत्य, क्षतिपुर्ती र न्यायमा केन्द्रित हुन्छ। यसमा तपाईहरु एक्लो हुनुहुन्न। ’

गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउनु गौरवको विषय भएको बताएका छन् । महासचिव गुटेरेसले पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको पनि बताए । गुटेरेसले आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताए । उनले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरणसमेत गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार