मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

अहिलेको सरकार आतंककारीहरुको सरकार हो - सांसद सुनिल शर्मा

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अहिलेको सरकार आतंककारीहरुको सरकार भएको बताएका छन् । आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दल बैठकमा उनले यस्तो आरोप लगाएका हुन् ।

आफूलाई पक्राउ पुर्जीबिनै सीआईबीले पक्राउ गरेको समेत बताए । शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा उनलाई सिआइबीले नियन्त्रणमा लिई एक रात हिरासतमा राखेको थियो । शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएपछि उनी थुनामुक्त भएका थिए ।

सांसद शर्माले अहिलेको सरकारमा कांग्रेस छ कि छैन भन्ने प्रश्न समेत गरे । उनले भने, ‘मैले मान्छे मारेको छैन, सुन तष्करी गरेको छैन । तैपनि मलाई पक्राउ गरियो, हातपात गरियो । अहिलेको सरकार आतंककारीहरूको सरकार हो ।’

उनले सभापति शेरबहादुर देउवालाई पितासमान सम्मान गरेको बताउँदै आफूलाई संसदमा बोल्न समय नपाएको समेत गुनासो गरे । प्रमुख सचेतक रमेश लेखकले बोल्न समय नदिएको उनको आरोप छ । ‘मलाई संसद बैठकमा बोल्न समय दिइएको छैन,’ उनले भने, ‘बोल्न दिइएन भने म विद्रोह गर्छु ।’

उनले बोल्न समय माग गर्दै संसदमा सभामुखसँग आग्रह गर्ने पनि बताए । उनले भने, ‘सभामुखले बोल्न समय दिनुभएन भने म उभिइरहन्छु ।’ आफूले संसदमा बोल्न समय नपाएपछि सञ्चार माध्यमहरूमा बोल्नुपरेको उनको भनाइ छ ।

उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकोबारे पनि स्पष्टीकरण दिए । उनले आफूलाई सहयोग गरेकाले ओलीलाई भेटेको बताए । अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको विषयलाई उनले नीतिगत कुरा भएको बताए । ‘प्रकाशशरण महतसँग मेरो व्यक्तिगत दुश्मनी छैन’ उनले भने, ‘तर विभिन्न प्रकरणमा नीतिगत कुरा उठान गरेर राजीनामा मागेको हुँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार