मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको अध्यक्षमा हारुन महासचिवमा अन्सारी

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

बाँके । नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौं महाधिवेशनबाट मोहम्मद हारुन हलुवाई अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नेपालगञ्जमा सम्पन्न महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो।

महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ। जसअनुसार ६५ जना निर्वाचित गरिनुभएको छ भने बाँकी ३४ जना सदस्य मनोनयन गरिने जनाइएको छ।

प्रदेशगत समावेशी आधारमा मधेश र लुम्बिनी प्रदेशबाट ३/३ जना पुरुष र २/२ जना महिला गरी १० जना प्रतिनिधि निर्वाचित हुनुभएको छ। अन्य पाँचवटै प्रदेशबाट २ पुरुष र १ महिला गरी १५ जना निर्वाचित हुनुभएको छ। यस्तै, खुलातर्फ २० पुरुष र ११ महिला गरी ३१ जना निर्वाचित हुनुभएको हो।

निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष: मोहम्मद हारुन हलुवाई, उपाध्यक्ष: तैयव अन्सारी, महिला उपाध्यक्ष: साजिदा सिद्दिकी, महासचिव: राजमोहम्मद मियाँ, उपमहासचिव: जबुल मियाँ, सचिव (सङ्गठन): हलिम मियाँ, सचिव (प्रचार): रियासत लिमी, सचिव (विदेश विभाग): सुलेमान मियाँ, सचिव (अर्थ विभाग): अब्दुल करिम खा चयन हुनुभएको छ भने केन्द्रीय सदस्यहरूमा रौशन प्रविन, साविर अलि, कलिमुल्लाह अलि, अमिरुल निसा, अब्दुल खाँ, मोहम्मद रफिक, समिना मियाँ, गैँडा खान, मोहम्मद निजामुद्दिन हक, रासिदा खातुन, जरिना खातुन, सैयदा खातुन, मुन्नी खातुन, जमिला मियाँ, अफसाना खातुन, जलिल मियाँ, जाकिर हुसेन हलुवाई लगायतका व्यक्तिहरू समावेश हुनुहुन्छ।

महाधिवेशनले सङ्गठनलाई थप सशक्त बनाउँदै मुस्लिम समुदायको हक अधिकारका सवालमा स्पष्ट र प्रभावकारी भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार