मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको अध्यक्षमा हारुन महासचिवमा अन्सारी

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
२० वैशाख २०८२, आइतबार

बाँके । नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको सातौं महाधिवेशनबाट मोहम्मद हारुन हलुवाई अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नेपालगञ्जमा सम्पन्न महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो।

महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ। जसअनुसार ६५ जना निर्वाचित गरिनुभएको छ भने बाँकी ३४ जना सदस्य मनोनयन गरिने जनाइएको छ।

प्रदेशगत समावेशी आधारमा मधेश र लुम्बिनी प्रदेशबाट ३/३ जना पुरुष र २/२ जना महिला गरी १० जना प्रतिनिधि निर्वाचित हुनुभएको छ। अन्य पाँचवटै प्रदेशबाट २ पुरुष र १ महिला गरी १५ जना निर्वाचित हुनुभएको छ। यस्तै, खुलातर्फ २० पुरुष र ११ महिला गरी ३१ जना निर्वाचित हुनुभएको हो।

निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष: मोहम्मद हारुन हलुवाई, उपाध्यक्ष: तैयव अन्सारी, महिला उपाध्यक्ष: साजिदा सिद्दिकी, महासचिव: राजमोहम्मद मियाँ, उपमहासचिव: जबुल मियाँ, सचिव (सङ्गठन): हलिम मियाँ, सचिव (प्रचार): रियासत लिमी, सचिव (विदेश विभाग): सुलेमान मियाँ, सचिव (अर्थ विभाग): अब्दुल करिम खा चयन हुनुभएको छ भने केन्द्रीय सदस्यहरूमा रौशन प्रविन, साविर अलि, कलिमुल्लाह अलि, अमिरुल निसा, अब्दुल खाँ, मोहम्मद रफिक, समिना मियाँ, गैँडा खान, मोहम्मद निजामुद्दिन हक, रासिदा खातुन, जरिना खातुन, सैयदा खातुन, मुन्नी खातुन, जमिला मियाँ, अफसाना खातुन, जलिल मियाँ, जाकिर हुसेन हलुवाई लगायतका व्यक्तिहरू समावेश हुनुहुन्छ।

महाधिवेशनले सङ्गठनलाई थप सशक्त बनाउँदै मुस्लिम समुदायको हक अधिकारका सवालमा स्पष्ट र प्रभावकारी भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार