मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
६ जेठ २०८२, सोमबार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ ।

तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकाले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिनुभएको हो । उहाँले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘अब तीनकुने घटनाको विषयमा हामीले रेगुलर इन्भेष्टिगेशन भन्दा पनि फाष्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले गम्भीरताका साथ लिएको विषय हो ।

अनुसन्धान शुक्रवार नै सकिएको छ । अहिले प्रिन्ट हुँदैछ । सायद अब एक दुई दिनमा हामी सञ्चारकर्मीबीच आउनेछौं । हामीले देख्यौं, के पायौं । हामी राज्यको ध्यानाकर्षण गराउँछौं । राज्यले मृतकका परिवारलाई के गर्नुपर्छ र घाइते भएकालाई के गर्नुपर्छ भनेर सुझावसहितको रिपोर्ट तयार पारेका छौं । अनुसन्धान पूर्ण रुपमा सकिइसकेको छ । हामीले यहाँ भएको ह्युमन रिसोर्सभन्दा पनि कस्तो किसिमको गोली चलाइएको हो, कस्तो छर्रा लागेको हो ।

दुई जना विज्ञहरु हायर गरेर कमिटी बनाएर सो कमिटीले रिपोर्ट तयार पारेको हो । सूक्ष्म अनुसन्धान गर्नुपर्ने विषय भएकाले अलि समय लागेको हो । त्यसैले हामीले अनुसन्धान सकिसकेका छौं, त्यो अब एक दुई दिनमा तपाईहरुले थाहा पाइहाल्नु हुन्छ । यति भन्न चाहन्छु कि हामीले अनुसन्धानका काम सकिसकेका छौं एक दुई दिनमा हामी मिडियामा ल्याउँछौं । राज्यले के गर्नुपर्दथ्यो र  किन गरेन ? किन भएन ? भन्ने सबै कुरा मेडिकल रिपोर्टमा भर पर्नुपर्ने हुन्छ ।

उहाँको पोष्टमार्टम रिपोर्ट र डाक्टरले के भनिदियो भन्नेमा भर पर्नुपर्ने हुनाले हाम्रो समितिभित्र फरेन्सिक डाक्टर पनि हुनुहुन्थ्यो । त्यसैले डाक्टरको एनलाइसिसमा भरपर्छ । आजभोलि नै सार्वजनिक हुन्छ सबै माननीयज्यूहरुको समय हेरेर हामी सार्वजनिक गर्छौं । यो दुःखद घटना हो सबैप्रति मेरो समवेदना छ । नहुनुपर्ने कुरा भइसक्यो तर पीडितले न्याय पाउनुपर्छ भन्नेमा मानवअधिकार आयोग सदैव ध्यान दिएर काम गर्छ ।’’

प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजककी श्रीमती सुजनले उक्त घटना योजनाबद्ध, षड्यन्त्रमूलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानबिनका लागि आयोगसमक्ष आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार