मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बेमौसमी वर्षाका कारण क्षति पुगेको धानबालीमा राहत दिन सरकारसँग महासंघको माग

महमूद आलम खान 1133+ समाचार ( )
५ कार्तिक २०७८, शुक्रबार

बाँके । बेमौसमी वर्षापछि आएको बाढीका कारण क्षति पुगेको धानबालीमा राहत दिन सरकारसँग अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बाँकेले माग गरेको छ।

विपत्तिबाट प्रभावित घरधुरीको यथार्थ तथ्यांक संकलन गरी प्रभावित किसान परिवारलाई खेती भित्र्याउन तत्काल सहायता उपलव्ध गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री मार्फत सरकार संग माग गर्नु भएको छ ।

महासंघका अध्यक्ष मानबिर थापाले शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीलाई ८ बुँदे माग सहित ज्ञापनपत्र  बुझाउदै प्रभावित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नु भयो ।

बाढीले गहुँबाली, आलुबालीमा समेत क्षति पुगेको महासंघले जनाएको छ । ‘पराल समेत खेतमा नै कुहिएकोले वर्षभरि खुवाउने पशु आहार नष्ट भएको छ, किसानको वर्ष दिनको छाक नै खोसिएको छ’ ज्ञापनपत्रमा भनिएको छ ‘कडा मेहनत गरेर फलाएको अन्न भित्र्याउने बेलामा भएको यस नोक्सानीले किसानलाई निराश बनाएको छ । खाद्य संकट एवं खाद्य सुरक्षामा थप चुनौती अध्यक्ष थापाको भनाई रहेको थियो ।’ ज्ञापनपत्र बुझाउन नेकपा माओवादी केन्द्रका नेता तारा खत्री लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार