मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

भारतमा रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु, ५९ जना घाइते

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
९ माघ २०८१, बुधवार

बाँके । भारतको महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । दुर्घटनामा ५९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएपछि यात्रुहरू रेलबाट हाम फालेपछि घटना भएको हो ।

रेलवे अधिकारीहरूका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुहरूले रेलको पाङ्ग्राबाट धुवाँ निस्किएपछि सम्भावित आगलागीको डरले रेलको लिकमा हाम फालेका थिए । त्यसक्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुष्पक एक्सप्रेसबाट ३० देखि ३५ जनाले हामफालेका थिए । घटनास्थल मुम्बईबाट करिब ४ सय किलोमिटर टाढा रहेको जनाइएको छ । दुर्घटनामा नेपाली पनि परेको आशंका गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार